बनेपा-बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष आमेदेवी मल्लको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो ।
२०५६ सालदेखि पूर्व सहकारीको अभ्यासबाट सुरुवात भई २०५० सालमा दर्ता भएको संस्थालाई नै पुनर्जीवन प्रदान गरी २०५७ देखि बुडोल सामूदायिक बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको हो । पुरुष सदस्यबाट १ सय रुपैयाँ र महिला सदस्यबाट ५० रुपैयाँ बचत गर्दै सुरु भएको संस्थाले हाल आफ्नो कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढी पु¥याएको छ । गत पुस मसान्तसम्म संस्थामा २७ हजार ५९ जना सदस्उ पुगेका छन् ।
वार्षिकोत्सवकै अवसर पारेर संस्थाले विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरेको थियो । वार्षिकोत्सव समारोहमा विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने सर्वमंगला मा.वि., पाँचखाललाई नगद राशि रु.८,०००।– दोस्रो हुने भक्तेश्वर गोसाइकुण्ड मा.वि., बनेपालाई नगद राशि रु.६,६६७।– तेस्रो हुने रत्नचुण्डेश्वर मा.वि., बनेपालाई नगद राशि रु.५,३३३।– तथा सान्त्वना पुरस्कार शुभ चामुण्डा मा.वि., बनेपालाई नगद राशि रु.४,००० प्रदान गरिएको थियो ।
यस्तै असल बचतकर्तातर्फ बसुन्धरा केसी र उद्धव केसी, उत्कृष्ट ऋणितर्फ मुनामाई दुलाल र प्रशान्त गिरी, उत्कृष्ट बाल बचतकर्तातर्फ रायना श्रेष्ठ र आयन अनेजु, अधिकतम संरक्षित पुँजी फिर्ता कोषतर्फ बन्दना न्यौपाने र दीपकरत्न शाक्य सम्मानित भए । नियमित रक्तदातातर्फ १० पटक रक्तदान गर्ने रामकुमार भुजेल र ५ पटक रक्तदान गर्ने सुवर्ण केसी सम्मानित भएका छन् । यस्तै बुसा शैक्षिक सम्मानअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट हुने अन्जना देवजु, पुष्पा थाप, अप्सरा न्यौपाने र शर्मिला बडाल, स्नातक तहमा सुभेच्छा श्रेष्ठ, गौतम आचार्य, अनिशा रञ्जितकार र रामहरि बुढाथोकी सम्मानित भएका छन् । यस्तै प्लसटुतर्फ आयुष लम्साल, युनिका थापा, सगुन के.सी, समिर बास्कोटा, रोनिल दाहाल, सविना आचार्य, पियुष श्रेष्ठ, युता दाहाल, सज्जन घिमिरे, समिक्षा दाहाल, प्रिया श्रेष्ठ, ममता के.सी, कैलाश गौतम, सुप्रिम कार्की, प्रयान आचार्य, युनिक श्रेष्ठ, मलिका सुवाल, जेनिशा पराजुली, विनिता तिमल्सिना, संदिपा श्रेष्ठ, रुपेश बजगाई, बिनि श्रेष्ठ, निलिमा कर्माचार्य, करुण तामाङ, विकास घिमिरे र कृतिका बडाल सम्मानित भएका छन् ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मान वरिष्ठ सहायक सागर कुँबरलाई प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा संस्थाले विशेष क्षमता (अपाङ्गता) भएका सदस्य सहयोगसमेत थालनी गरेको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिए । संस्थाले जारी गरेको सूचना अनुसार क र ख श्रेणीको अपाङ्गता परिचय पत्र प्राप्त गरेका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रमको शुरुवात÷घोषणा गर्दै संस्थाले सम्बन्धित सदस्यको घरमै गई सहयोग उपलब्ध गराउने घोषणा भएको छ । कार्यक्रममा पत्रकार महासंघ काभे्रपलाञ्चोक शाखाको नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष विनोद कुमार न्यौपानेमार्फत बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष आमेदेवी मल्ल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष जिबसराज खड्का लगायतले मन्तव्य राखेका थिए ।