आन्दोलनमा उत्रिए कोरिया जान छनोट भएका 'रिटर्नी'हरु


विजय न्यौपाने

-विजय न्यौपाने

काठमाडौं–कोरियाबाट फर्किएर फेरि कोरिया जान लागेका ‘रिटर्नी’हरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको क्रममा उनीहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् ।

ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् । त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए । नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका हुन् । सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन् ।

सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । दुःख गरेर भाषा परीक्षा पास हुँदा पनि एक पटक कोरिया गएर फर्र्किकएकाहरुलाई लैजान रोजगारदाताले आनाकानी गरेकोमा उनीहरुको आपत्ति छ ।

यस्ता छन् उनीहरुका माग

आफूहरुको समस्याको समाधान नहुन्जेलसम्म टेक्निकल र फिजिकलरुपमै इपिएस तथा एचआर बाट सन्चालन हुने कुनै पनि किसिमिको कोरियन भाषा परीक्षा न गराउने भनेर लिखित प्रतिवद्धता जनाउनुपर्ने, इस्यु प्रक्रियामा फर्स्ट कम, फर्स्ट आउटको व्यवस्था लागु हुनुपर्ने, जि टु जी अर्थात सरकार–सरकार समन्वय गरी चाँडो भन्दा चाँडो समस्या समाधान गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । यसका साथै उनीहरुले समस्या समाधानको उपायहरुसमेत अघि सारेका छन् ।


प्रतिक्रिया



थप समाचारहरु