पत्रकार महासंघ काभ्रेको भवनको तला थपका लागि २० लाख रुपैयाँ


मेचीकाली

काभ्रेपलाञ्चोक– नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवनको तला थपका लागि बागमती प्रदेश सरकारबाट बीस लाख रुपियाँ बजेट विनियोजन भएको छ । शुक्रबार बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा महासंघ काभ्रेपलाञ्चोक शाखाको भवनको तला थपका लागि २० लाख रुपियाँ बजटे विनियोजन गरेको हो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले बागमती प्रदेश सरकारले महासंघको भवनको तला थपका लागि २० लाख रुपियाँ विनियोजन भएकोमा आम काभ्रेली सञ्चारकर्मी खुसी भएको बताउनुभयो । उहाँले भवनको तला थपका लागि प्रदेश सरकारसँग करिब ७० लाख रुपियाँ माग गरिएपनि २० लाख मात्रै रकम विनियोजन भएको बताउनभुयो । उहाँले बजेट विनियोजन गर्न नेपाली काँग्रेस जिल्ला सभापति तथा प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालगायत सबै निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

नेपाल पत्रकार महासंघको राष्ट्रिय तालिम केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले काम सुरु गरेपछि बनेपा नगरपालिकाले बनेपा नगरपालिका–६ बुडोलमा ६ आना जग्गा प्रदान गरेको थियो । आर्थिक वर्ष २०६५/०६६ देखि भवन निर्माणको काम सुरु गरेको थियो । तत्कालिन जिल्ला विकास समिति, गाविसहरु, विभिन्न संघसंस्था, व्यक्तिको सहयोगमा एक तथा भवन निर्माण गरिएकोमा पूर्वमन्त्री गोकुल बाँस्कोटालगायतको पहलमा तीन कोठाको प्रिफ्यावको अस्थायी संरचना निर्माण गरिएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु