लायन्स क्लब डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित


मेचीकाली

धुलिखेल– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न नेतृत्व गर्न प्रेरित गरौ (इन्सपायर टु लिड ) मुल नाराको साथ आगामी बर्ष २०२३/०२४ को लागि गर्भनरमा केसी सर्वसम्मत निर्वाचित भएका हुन् । पोखरामा हालै सम्पन्न अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

धुलिखेलमा आयोजित कार्यक्रममा नवनिर्वाचित गर्भनर केसीले स्लोगनको भावना र मर्मलाई आत्मसाथ गर्दै सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा  निश्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अबिचलित रुपमा  लाग्न आग्रह गरे ।  समाज परिवर्तन नभई मुलुक नहुने नहुने भन्दै उनले अहिलेको समयमा असल नेतृत्वको अभाव महसुस भएको पनि बताए । अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागि लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आईले यसको नेतृत्व गर्ने गभर्नर केसीले बताए । यो अभियान सफल तुल्याउनका लागी सम्पुर्ण क्लब अध्यक्ष, लायनमा आवद्ध मनोनित पदाधिकारी  र समाजका प्रवुद्ध व्यक्तिहरु लगायत सबैलाई उनले अनुरोध पनि गरे ।  आगामी दिनहरुमा अन्तर्राष्ट्रिय सम्वन्धलाई अझै बलियो बनाउँदै लिडरसिपसँगै फेलोसिप, स्वाथ्य , शिक्षा , खेलकुद तालिम, खानेपानी तथा सरसफाई, रक्तदान र वृक्षारोपण लगायतका कामसमेत अघि बढिसकेको उनले बताए । 

पोखरा अधिवेशनले फस्र्ट भाइस डिष्ट्रिक गर्भनरमा विनोद ढुंगाना, भाइस गभर्नरमा पार्वती खरेल पाण्डलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।  पोखरा र धुलिखेलमा भएको छुट्छुटै कार्यक्रममा डिष्ट्रिक गभर्नर रामबहादुर बसेल, एलसिआईएफ एरिया लिडर राजन लम्साल, आईपिएमसिसी मनबहादुर रोक्का, पिडिजी इन्दु लम्साल, प्रथम र द्धितीय भाइस डिष्ट्रिक गभर्नरद्वय विनोद ढुंगाना र पार्वती खरेल पाण्डेले लायनवादका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा समाज सेवामा नागरिकको दायित्व, मानवीय मुल्यमान्यता र समाजसेवाका कार्य क्षमता अभिवृद्धि लगायतका विविध क्षेत्रका बारेमा लायन्स इन्टरनेशनलका पूर्व डाइरेक्टर संजय खेतान, आईडि इन्ड्रोसी लायन्स अभियान्ता बालकृष्ण बुर्लाकोटीले उपस्थित व्यक्तिहरुलाई तालिम दिएका थिए । 

 डिष्ट्रिक ३२५ आईका गर्भनर केसीले  क्लबका विभिन्न पदमा ३ सय भन्दा बढीलाई मनोनित गर्दै लायन्सवादमा सक्रियतापूर्वक लागि पर्न आह्वान गरे । 

विश्वका २१२ मुलुकमा संगठन बिस्तार गरिसकेको विश्वकै सबै भन्दा ठूलो सामाजीक संस्था लायनवादको सन् १९१७ मा अमेरिकाको टेक्सासबाट सुरुवात भएको थियो भने नेपालमा पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोईरालाले सन् १९७१ मा आफ्नै अध्यक्षतामा लायन्स क्लब अफ धिराटनगर स्थापना गरि नेपालमा लायनवाद भित्र्याएका थिए । निस्वार्थ मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको यो संस्थामा करिब १४ लाख बढि सदस्य रहेका छन् भने नेपालमा हाल ५० हजार भन्दा बढि लायन्स सदस्यहरु रहेका छन् ।   


प्रतिक्रिया



थप समाचारहरु