मदानी बिट मिडियाको सुरुवात, समाजको सबल पक्षमा जोड दिन बाँस्कोटाको आग्रह


मेचीकाली

धुलिखेल–नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाको नेतृत्वमा नयाँ अनलाइन मिडियाको सुरुवात भएको छ ।

मदानी बिट मिडिया प्रालिले आजदेखि मदानी बिट डटकम अनलाइन सुरु गरेको हो । मिडियाको पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाल् आज धुलिखेलमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ गरे । कार्यक्रममा बाँस्कोटाले प्रिन्ट मिडियाभन्दा न्यू मिडिया अर्थात अनलाइनतर्फ पछिल्लो समय पाठकहरु आकर्षित भएको भन्दै यसमा पनि चुनौतीहरु थपिँदै गएको बताए । घण्टाघण्टा होइन छिनछिनमा सूचना दिने न्यू मिडियाले नकारात्मक पक्षलाई भन्दा समाजका सबल र सफल पक्षलाई पनि प्राथमिकता दिनुपर्ने बाँस्कोटाले बताए ।

मदानी बिट मिडियाका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन भन्ने नारासहित सत्य, तथ्य र निश्पक्ष सामग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको बताए । राज्यले लिएको नीति अनुरुप समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण मार्फत समग्र मुुलुुकको अर्थतन्त्रको विकासका लागि यसले पहलकदमी गर्ने तिमल्सिनाले बताए ।

अनलाईनका सम्पादक श्याम सापकोटाको अध्यक्षतामा आयोजित कार्य प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभाका सदस्यहरु, पुर्व राज्यमन्त्रीहरु, प्रदेश सभाका पुर्व मन्त्रीहरु, संविधान सभा सदस्यहरु, विभिन्न तहका निर्वाचित जनप्रतिनिधिहरु, उद्योगी ब्यवसायी, सामाजिक ब्यक्तित्वहरु, सहकारीकर्मी, शिक्षासेवी, यातायात ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु