बहल्टारेश्वर मन्दिर निर्माणका लागि धुलिखेलको बडालगाउँमा महायज्ञ हुने


मेचीकाली

बनेपा–काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ बडालगाउँमा बहल्टारेश्वर मन्दिर निर्माणका लागि महायज्ञ आयोजना हुने भएको छ । 

श्री जन चेतना युवा समूह, धुलिखेल–८, बडालगाउँले यही चैत १७ गतेदेखि  २४ गतेसम्म श्रीमद् भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ आयोजना गरेको हो । महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न गर्न जन चेतना युवा समूहका अध्यक्ष रमेशप्रसाद न्यौपानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । मुल समारोह समितिमा १ सय ८ जना सहित बिभिन्न उप समिति गठन भएको आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक न्यौपानेले जानकारी दिए । 

 धुलिखेल–८, बडालगाउँ, क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्णका मन्दिरहरु निर्माण भएका छन् । त्यसैगरी परापूर्वकालदेखि संरक्षण हुँदै आएको बहल्टारेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप नै पहलकदमी गरिएको न्यौपानेले बताए ।  महायज्ञ अनन्तधी विभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा) को प्रमुख आतिथ्यता एवं आचार्य श्री विष्णुहरि बडाल, आचार्य सुदर्शन बडालको प्रमुख वाचकत्व तथा पण्डित रामहरि बडालज्यूको उपवचकत्वमा सञ्चालन हुनेछ । 

करिब ९५ लाखको लागतमा निर्माण हुने उक्त मन्दिरको लागि जनसहभागीतमा ४० प्रतिशत र धुलिखेल नगरपालिकाबाट ६० प्रतिशत लागतमा बन्ने बताइएको छ । ३८ लाख रकम जनसहभागितामा हुनुपर्ने हुँदा उक्त रकम संकलनको लागि श्रीमद्भागवत महायज्ञ गर्न लागिएको संयोजक न्यौपानेले बताए । उक्त महायज्ञबाट करिब ३५ लाख रकम संकलन गर्ने लक्ष्य लिइएको छ भने मण्डप निर्माण, स्वागत सत्कार, पण्डित दान र दक्षिणा गरी करिब १० लाख खर्च हुने अनुमान गरिएको छ ।

यस्तो छ महायज्ञको कार्यक्रम :

२०८० चैत्र १७ गते प्रातः ८:३० बजे कलशयात्रा

दिवा १२ बजेदेखि महायज्ञ समुद्घाटन समारोह, मण्डप पूजन

१८ गतेदेखि २४ गतेसम्म सङ्गीतमय कथाप्रवचन २३ गते साँझ सवा ११ लाख दीप प्रज्वलन

२४ गते तील चढाउने, महापूर्णाहुति, तिलकप्रसाद वितरण, महाअभिषेक, यज्ञ समापन

दैनिक समय सारिणीः

प्रातः ६ बजेदेखि ७ बजेसम्म मण्डप पूजन

प्रातः ७ बजेदेखि ११ बजेसम्म पाठपारायण

दिवा ११ बजेदेखि अपराह्न ५ बजेसम्म सत्रीतमय कथाप्रवचन

अपराह्न ५ बजेदेखि ५:३० बजेसम्म आरती, पुष्पाञ्जली

सायं ७:३० बजेदेखि १० बजेसम्म महात्म्य कथा एवं भजन सन्ध्या

सम्मान विवरण

- रु. १००१-२००० सम्म दान गर्नुहुने दातालाई माला, खादा र प्रमाणपत्रद्वारा सम्मान । रु. २००१-५००० सम्म दान गर्नुहुने दातालाई माला, खादा र प्रमाणपत्र फ्रेम सहित सम्मान ।

- रु. ५००१-१०००० सम्म दान गर्नुहुने दातालाई माला, खादा र प्रमाणपत्र फ्रेम सहित दोसल्ला ।

रु. १०००१-२५००० सम्म दान गर्नुहुने दातालाई माला, खादा र प्रमाणपत्र सहित अतिथि बनाई सम्मान ।

- रु. २५००१-५०००० सम्म दान गर्नुहुने दातालाई माला, खादा र प्रमाणपत्र सहित विशिष्ट अतिथि बनाई सम्मान । - रु. ५०००१-१००००० सम्म दान गर्नुहुने दातालाई माला, खादा र प्रमाणपत्र सहित प्रमुख अतिथि बनाई सम्मान ।

- रु. १००००१ देखि माथि दान गर्नुहुने दातालाई माला, खादा र प्रमाणपत्र सहित मन्दिर परिक्रमा गराई विशेष सम्मान।

नोटः रु. ५००१ देखि माथि दान गर्नुहुने दाताहरुको नाम शिलालेखमा लेखिने


प्रतिक्रिया



थप समाचारहरु