ओलीको हातमा 'समृद्धिका योजना' पुगेपछि उत्साहित छन् मण्डनदेउपुरबासी


होमप्रसाद चौंलागाँईं

मण्डनदेउपुर– मंसिर २४ गते मण्डनदेउपुरबासीका लागि विशेष दिन रह्यो । नेकपा एमालेले अहिले मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गरिरहेको छ । मंसिर २४ गते यो यात्रा मण्डन देउपुर आइपुग्यो । र, मण्डनबासीको समृद्धिको सपना मानिएको समृद्ध मण्डनदेउपुरको योजना पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातैमा पुगेपछि मण्डनदेउपुरमा उत्साह थपिएको छ ।

त्यत्रो सभा त मण्डदेउपुरमा न हिजो भएको थियो न त भोली नै अरु कसैले गर्न सक्छन् ! यत्रो गठबनधन र घेराबन्दीको बिचमा एमालेलाई नियाल्दा अचम्मै लागि रहेको छ । एमाले त साँच्चैको जनताको पार्टी रैछ

नेकपा एमाले मण्डनदेउपुर नगर कमिटीका अध्यक्ष शेरवहादुर डोटेलले डेडीथुम्कामा आयोजित सभामा ओलीलाई मण्डन देउपुरका समृद्धिका योजना हस्तान्तरण गरेका थिए । 

सभाको उपस्थिति, हिजोका प्रधानमन्त्रीदेखि गृहमन्त्री, रक्षामन्त्री, स्थानीय विकस मन्त्री, संचार मन्त्री र नेपाल सरकारका प्रवक्ता सहित दर्जनौं पूर्व मन्त्रीहरुको एकमुष्ट उपस्थितिले मण्डन देउपुरमा ठूलो उत्साह छाएको छ । त्यत्रो सभा त मण्डदेउपुरमा न हिजो भएको थियो न त भोली नै अरु कसैले गर्न सक्छन् ! यत्रो गठबनधन र घेराबन्दीको बिचमा एमालेलाई नियाल्दा अचम्मै लागि रहेको छ । एमाले त साँच्चैको जनताको पार्टी रैछ, कार्यक्रममा उपस्थिति स्थानीयले भोलीपल्ट चियाखाने क्रममा उत्साहित हुँदै बताए ।

सभामा खास गरी मण्डनदेउपुरको १२ ओटै वडाहरुबाट जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सिन्धुपाल्चोक सहित छिमेकी जिल्ला र काभ्रेका विभिन्न पालिकाहरुबाट समेत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कुन्तावेसीको डेडीथुम्का प्राङ्गण परिसरमा भएको जनसभा साँझ ७ बजेतिर सम्पन्न भएको थियो । 

यस्ता छन् समृद्ध मण्डनदेउपुर बनाउन एमाले नगर कमिटीले अघि सारेका मागहरु

१. नगरकोट गैह्रिविसौना हिंगुवापाटी रणनीतिक सडकको १९ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्नुपर्ने ।

२. त्यसैगरी डेडीथुम्का पौवा चण्डेनी दोलालघाट खण्ड पूरा गर्नुपर्ने ।

३. चाखोलास्थित खहरे पुल सम्पन्न गर्नुपर्ने ।

४. नयागाँउ तिर्तिरे नाला बनेपा सडक खण्डको निर्माण पूरा गर्नुपर्ने ।

५. फेदी हुँडामुख धुलिखेल सडक खण्ड पूरा गर्नुपर्ने ।

६. चाखोलाको ह्वाङ्वाङे पुल निर्माण कार्य तत्काल अगाडी वढाउनु पर्ने ।

७. पचास किलो किलोको पिंगोला पुल निर्माण गर्नुपर्ने ।

८. बाउन्न किलो किलोको वडाकार्यालय जोड्ने पुल प्राथमिकताका साथ अगाडी वढाउनुपर्ने ।

९. साँखु कात्तिके चुरीथुम्का ढाँडखोला सडक निर्माणलाई तिब्रता दिनुपर्ने ।

१०. यस नगरपालिका भित्र पर्ने वडा नं. १ र २ नाल्दुम नगरकोटमा प्रशिद्ध पर्यटकीय केन्द्र भएको यहाँलाई विदितै छ तर यहाँ एउटा होटल मेनेजमेन्ट सम्बन्धि अध्ययन गर्ने कलेज स्थापनाका लागि पहल गरिदिनु हुन नगरवासीको तिव्र चाहना छ । ११. यस नगरको मूल आम्दानी भनेको कृषि र पशुपालन हो । यहाँ पर्याप्त उत्पादनशिल जमिन छ । उर्वर जमिन सिंचाईको उचित प्रबन्ध नहुँदा किसानहरुले पर्याप्त आम्दानी लिन सकेका छैनन् । तसर्थ स्थायी प्रकृतिको सिंचाई सिंगो नगरलाई समेट्ने आधार छ । तसर्थ उत्पादन र समृद्धिलाई संगसंगै लैजान यस नगरमा वृहत् सिंचाई आयोजना संचालन गरियोस् भनी माग गर्दछौं ।

१२. सिपाघाटको बजार र खेतीयोग्य जमिनलाई ढाँडखोला र ईन्द्रावती नदीले निरन्तर क्षती र जोखिममा पार्दै लगेको छ । सिंचाई र तटबन्ध एकैसाथ संचालन गर्नका लागि योजना समावेश गरिदिनुहुनेछ भन्ने नगरबासीले आशा र भरोसा राखेको कुरा यहाँ समक्ष राख्न चाहन्छौं ।

१३. गुठीसंग सम्वन्धित विषयले मण्डनदेउपुर नगरपालिकाका बासिन्दाहरु वर्षौंदेखि पिडित छन् । सो समस्या समाधानका लागि अनुरोध गर्दछ।

१४. मध्यम क्षमताको नगरस्तरीय सुविधासम्पन्न खेल स्टेडियमको अपेक्षा गरेका छौ । आशा छ, यहाँले युवाहरुको अभिभावकत्व र नेतृत्व प्रदान गरिदिनुहुनेछ ।


प्रतिक्रिया



थप समाचारहरु