सबैको नजर मंसिर ७ मा : काठमाडौंमा निषेधाज्ञा कि कर्फ्यु नै लाग्छ ?


मेचीकाली

काठमाडौं–सरकारले मंसिर ७ गते काठमाडौंमा निषेधाज्ञा लगाउने तयारी सुरु गरेको छ । गृह मन्त्रालयले काठमाडौंमा मंसिर ७ गते हुन लागेको दुई पक्षको प्रदर्शनलाई मध्यनजर गर्दैै निषेधाज्ञाको तयारी गरेको हो । 

आवश्यक परे उक्त दिन कफ्र्युसमेत लगाउन सकिने गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलमा एमाले र दुर्गा प्रसाईं आमनेसामने हुँदैछन् । पछिल्लो समय सामाजिक सञ्जालबाट एमालेविरुद्ध खनिएका प्रसाईंले ७ मंसिरलाई शक्ति प्रर्दशनको रुपमा लिएका छन् । एमाले भने प्रसाईं समूहको प्रतिवाद गर्ने रणनीतिमा लागेको छ । प्रसाईंको पूर्वघोषित उक्त कार्यक्रमले अहिले सरकार, सुरक्षा निकायदेखि प्रमुख प्रतिपक्षसम्म आतंकित भएका छन् । 

सुरक्षाा निकायले प्रसाईंको समूहलाई ध्वांसात्मक शक्तिको रुपमा परिभाषित गरिसकेका छन् । प्रसाईंले बैंकहरूको चर्को ब्याज कम गर्न, मेडिकल शिक्षा र जनताले गरिखाने वातावरण बनाउन सरकारमाथि दबाब बढाउन काठमाडौंमा जनप्रदर्शन गर्ने मिति दसैं अघि नै सार्वजनिक गरेका थिए । एमाले र प्रसाईंले एकै दिन प्रदर्शन गर्ने भएपछि उनीहरूबीच सात मंसिरमा टकराव हुने अवस्था सिर्जना भएको छ । प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेपछि एमालेको भ्रातृ संगठन युवा संघले पनि ७ मंसिरमै सरकारविरुद्ध प्रदर्शनको घोषणा गरेको थियो । उक्त प्रदर्शनलाई माउ पार्टी एमाले र अध्यक्ष केपी शर्मा ओलीले समेत साथ दिएका छन् ।   

युवा संघले ७ मंसिर भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने बताएको छ । त्यसअघि नै नागरिकलाई संकटबाट मुक्ति दिने भन्दै प्रसाईंले चामल र गुन्द्रुक लिएर काठमाडौं आउन र पानीको व्यवस्था आफूले गर्ने बताउँदै आएका छन् । ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ को ब्यानरमा १० लाख उतार्ने दाबी गर्दै माइतीघरमा शक्ति प्रदर्शनको प्रसाईं समूहको तयारी छ ।


प्रतिक्रिया



थप समाचारहरु