नेपाल JSPS एलुम्नाइ एसोसिएसनको नयाँ कार्यसमितिको हस्तान्तरण


मेचीकाली

काठमाडौं-नेपाल JSPS एलुम्नाइ एसोसिएसन (NJAA) ले २०२५-२०२७ कार्यकालका लागि नयाँ कार्यसमितिको चयन भै सफल कार्यकारिणी समिति हस्तान्तरण गरिएको छ। 

काठमाडौंमा आयोजित एक विशेष समारोहमा डा. रञ्जन कुमार दाहालले औपचारिक रूपमा अध्यक्ष पद ग्रहण गरेका छन् । नयाँ कार्यसमितिमा अध्यक्ष डा. रञ्जन कुमार दाहाल, उपाध्यक्ष डा. पुष्पराज पौडेल, महासचिव डा. रामचन्द्र तिवारी, कोषाध्यक्ष डा. गणबहादुर बज्राचार्य रहेका छन् । यस्तै सदस्यहरूमा प्रा. डा. इन्द्र प्रसाद तिवारी (निर्वतमान अध्यक्ष), प्रा. डा. रिजन भक्त कायस्थ, प्रा. डा. पद्म बहादुर शाही, डा. मन्दिरा सिंह श्रेष्ठ र डा. बुद्धराम शाह रहेका छन् ।

यससँगै संघको नेतृत्व र सहकार्यको नयाँ अध्यायको सुरुवात गरेको छ। अध्यक्ष दाहालले नवनिर्वाचित समितिले नेपाल र विदेशमा उच्च शिक्षा, अनुसन्धान, तथा सहकार्यमा महत्वपूर्ण योगदान दिएका विद्वान तथा प्रतिष्ठितहरूको सञ्जालको नेतृत्व गर्न पाउँदा सम्मानित र गर्वित महसुस गरेको वताए।

नयाँ कार्यसमितिले जापानबाट उत्तर-विद्यावारिधि गरेर फर्किएका नेपालको उच्च तहको थिंक ट्याँन्कहरुलाई नेपालको दिगो विकाशको क्रियाकलापमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने दाहालले वताए । नयाँ नेतृत्व अन्तर्गत संघले NJAA सदस्यहरूबीचको सहकार्यलाई अझ मजबुत बनाउने, अनुसन्धान र नवप्रवर्तनका पहलहरूलाई प्रवर्द्धन गर्ने, नेपाली विद्यावारिधि (PhD) अनुसन्धानकर्ताहरूका लागि उत्तर-विद्यावारिधि (PostDoctorate) अनुसन्धानका अवसरहरू विस्तार गर्ने लक्ष्री लिएको छ । यस्तै नेपाल र जापानबीचको सम्बन्धलाई दिगो विकासका लागि सशक्त बनाउने लक्ष लिएको नयाँ कार्यसमितिले NJAA को लक्ष्यलाई अझ सशक्त रूपमा अघि बढाउन प्रतिबद्धता जनाएको छ। 

विद्वान, अनुसन्धानकर्ता, र पेशेवरहरूका लागि एक गतिशील र समावेशी मञ्च सिर्जना गर्ने प्रयास गर्ने, नेपाल र जापानबीचको शैक्षिक तथा अनुसन्धान सहकार्यलाई प्रवर्द्धन गर्न संघले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालले जानकारी दिएका छन्। 

NJAA सम्पूर्ण सदस्यहरूलाई आगामी कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागिता जनाउन र ज्ञान आदान-प्रदान, नवप्रवर्तन, र दिगो प्रभावको प्रवर्द्धन गर्ने संघको दृष्टिकोणमा योगदान गर्न कतिवद्ध रहने पनि दाहालको भनाई छ ।


प्रतिक्रिया



थप समाचारहरु