श्रीमानको कुटाईबाट नमोबुद्धमा वडा सदस्यको निधन


मेचीकाली

धुलिखेल–नमोबुद्ध नगरपालिका वडा नं. ११ की दलित महिला सदस्य ज्ञानी बिकको आफ्नै श्रीमानको कुटपिटका कारण मृत्यु भएको छ । 

श्रीमान शम्भु बिकको कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । घरायसी झगडाको क्रममा जेठ २९ गते राती शम्भुले ज्ञानीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो । 

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् । उनको शब अहिले पोष्टमार्टमको तयारी भइरहेको छ । उनलाई श्रीमान शम्भुले गह्रौ वस्तुले टाउकोमा प्रहार गरेको पाइएको छ । 


प्रतिक्रिया



थप समाचारहरु