पलाञ्चोक मन्दिर परिसरमा सरसफाई


मेचीकाली

पाँचखाल-दशैँ नजिकिएसंगै काभ्रेको पाँचखाल  नगरपालिका वडा नं ९ मा रहेको पवित्र धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

दशैँको तयारी स्वरुप पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको  वडाअध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।


दशैंको घटस्थापनादखि नै पलाञ्चोक भगवती मन्दिरमा भक्ताजनहरुको भिड लाग्ने गरेको छ भने फुलपाती, महाअष्टमी र महानवमीका दिन मन्दिरमा भक्तजनहरुको निकै भिड हुने गर्दछ ।

 वडा अध्यक्ष श्रेष्ठका अनुसार मन्दिरको सरसफाईको आयोजना  कालिका युवा क्लवले गरेको थियो भने वडा कार्यालयले समन्वय र सहयोग गरेको थियो ।


पलाञ्चोक मन्दिर परिसरसंगै कालिका देवि मन्दिर परिसर र देउता घर(देवक्षे) वरपर सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पलाञ्चोक, स्थानीय बासिन्दा र वडा कार्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु