पाँचखालमा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो


मेचीकाली

पाँचखाल–काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ८ मा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान थएको छ । 

पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानी स्थित बाटोमा जाली लगाउने कामदारहरु जाली लगाउदै गर्ने क्रममा माथीबाट सुख्खा पहिरो खस्दा तल काम गरिरहेका कामदारहरु पुरिएका थिए । पहिरोमा पुरिएका तीनजना मध्ये एक जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । मृत्यु हुनेमा सोलुखुम्बु नेचासल्यान  गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक पाचँखाल ८ चिसापानी बस्ने २३ बर्षका कुशल नेपाली (सुन्दाश) रहेका छन् । 

घटनामा परी ओखलढङगा मानेभञ्याङ गाउँपालिका ३ घर भई हाल पाँचखाल ८ मा बस्ने भरत राईको श्रीमती सन्जिता राई र उनका छोरा ४ बर्षका सविक राई रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 


प्रतिक्रिया



थप समाचारहरु