पुलिस स्कुलमा छात्राबास निर्माण हुने


मेचीकाली

साँगा– २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको यस नेपाल पुलिस स्कुल साँगाको भौतिक पूर्वाधार निर्माणका क्रममा विद्यालयको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको छात्रावास भवनको प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, प्रमुख तथा विद्यालय व्यबस्थापन समितिका  अध्यक्ष श्रीमान प्र.अ.म.नि.दिपक थापाज्यूको प्रमुख आतिथ्यतमा आज मिति २०८०।०१।२० गते, बुधवार, एक समारोहका बिच भवनको शिलान्यास कार्यक्रम सम्पन्न भयो । 

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ई.फणिन्द्र बराल, विद्यालयका प्राचार्य मोहन पौडेल, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका समादेशक प्र.ना.उ.श्री फणिन्द्र प्रसाई, ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बहादुर बोहरा, विद्यालय प्रेमी, समाजसेवी, शिक्षक वर्ग,प्रहरी कर्मचारी र विद्यार्थी भाईबहिनीहरूको उपस्थिति रहेको थियो । 

शिलान्यास समारोहका प्रमुख अतिथि विद्यालय व्यबस्थापन समितिका  अध्यक्ष श्रीमान प्र.अ.म.नि.दिपक थापाज्यूले यस विद्यालय आवासीय स्कुल भएकोले स्तरिय छात्रावास अपरिहार्य रहेको हुँदा आज यस भवनको शिलान्यास गर्ने अवसर प्राप्त भएकोमा आफूलाई खुशी लागेको साथै सहज वातावरणले विद्यार्थीहरूको शिक्षण सिकाईलाई अझबढी सहयोग पुग्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । कार्यक्रमका बीच विद्यार्थीहरूबाट नृत्य समेत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा विद्यालयका प्राचार्य श्री मोहन पौडेलले उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य तथा विद्यालयका समादेशक प्र.ना.उ. श्री फणिन्द्र प्रसाईले धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्राविधिक प्रहरी निरीक्षक ई.श्री शम्भु कोइरी ले  नेपाल पुलिस स्कुल, साँगाको आन्तरिक स्रोतबाट निर्माण हुने यस छात्रावास भवनको प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नु भयो। 


प्रतिक्रिया



थप समाचारहरु