मदन जयन्तीमा प्रेस चौतारी काभ्रेको पदयात्रा र वृक्षारोपण


मेचीकाली

बनेपा–जननेता मदन भण्डारीको ७२ औ जन्म जयन्तिको अवसर पारेर प्रेस चौतारी नेपाल काभ्रेले बृक्षारोपण, पदयात्रा तथा कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ  । 

बनेपाको चण्डेश्वरी देखि गोसाईस्थानसम्म निर्माण गरिएको १ हजार ६ सय सिँढीमा पदयात्रा आयोजना गरिएको अध्यक्ष भुवन रायमाझीले जानकारी दिए । यस्तै मदन जयन्तीका अवसरमा पदयात्रा, कविता बाचन र बृक्षारोपण आयोजना गरिएको अध्यक्ष रायमाझीले बताए । 

मदनका विचार र सन्देशहरु आम नागरिकहरुका लागि प्रवाह गर्न जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।  पदयात्रा र बृक्षारोपण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटा, नेकपा एमाले काभ्रेका उपाध्यक्ष एवं पुर्व मन्त्री चन्द्र लामा, नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेल, उपसचिवद्धय राजकुमार सापकोटा र रिता ढकाल, एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु, एमाले निकट भातृ संगठनका पदाधिकारीहरु, प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै नेता बास्कोटाले नेपालको राजनीति, कम्युनिष्ट आन्दोलन र नागरिकहरुसँग राजनीतिक दल र नेताहरुको सम्वन्धका बारेमा मदन भण्डारीले दिएका सन्देशहरु महत्वपूर्ण भएको बताए । तिनै सन्देश र मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनबादलाई ब्यवहारमा उतार्ने गरी पार्टी कमिटीहरु परिचालन गरिएको बताएका छन ।  


प्रतिक्रिया



थप समाचारहरु