एमालेको ‘मध्यपहाडी संकल्प’ : २४ गते चिसापानी, धुलिखेल हुँदै मण्डनदेउपुरमा अन्तर्क्रिया र भेटघाट


होमप्रसाद चौंलागाँईं

नेकपा एमाले जहिलेपनि जनतासँग रमाउने र सहकार्य गर्न रुचाउने पार्टी हो । तयसै क्रममा जनतासँग संकल्प गर्न र समृद्धिका लागि एमालेले गर्न चाहेको कामबारे अन्तक्रिया गर्ने अठोटसहित मध्यपहाडी लोकमार्ग यात्रा आरम्भ हुन लागेको हो । यो यात्राको क्रममा जटिल भौगोलिक संरचना, छरिएर रहेका ग्रामिण वस्ती, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौतीकै सवालमा अन्तक्र्रिया हुने जनाइएकोे छ । 

मङ्सिर २४ गते चिसापानी धुलिखेल हुँदै काभ्रेको मण्डनदेउपुरको कुन्तावेसीमा सभा गर्नेछ । १२ औँ दिन धुलिखेलबाट दोलखाको दोलालघाट, खाँडीचौर, हुँदै चरिकोट पुगेर कोणसभा गर्नेछ । त्यसपछि रामेछापको मन्थली, उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा सभा गर्नेछ 

पहाडी पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढंगले रूपान्तरित हुँदै गएको जनाउँदै मुलुक बन्छ र बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिको रक्षा एवं संवद्र्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ । 

त्यसै अनुरुप नेकपा एमालेले मंसिर १४ गतेबाट शुुरु गर्ने मध्यपहाडी लोकमार्ग अभियानका क्रममा विभिन्न स्थानहरुको लागि अन्तरक्रिया र स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले १४ मङ्सिरमा बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर सुरु गर्ने उक्त अभियान १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । १९ औँ दिनमा एमालेको टोली पाँचथरबाट काठमाडौँका लागि प्रस्थान गर्ने छ ।

पार्टीका नेता कार्यकर्ताको व्यापक सहभागितामा हुने यो कार्यक्रम १८ दिनको हुनेछ । जसमा १४ भन्दा बढी ठाउँमा कोणसभा र दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद हुनेछ । त्यस क्रममा एमालेले जनताका गुनासा एवं अपेक्षा सुन्ने र समाधानको प्रयास समेत हुनेछ ।

यात्रा सुदूरपश्चिमको बैतडीस्थित गोठालापानीबाट प्रारम्भ भई सुदूरपूर्वको पाँचथर फिदिमसम्म पुग्ने छ । त्यसक्रममा दिपायलको अमरगढी, अछामको मंगलसेन, दैलेखको राकम, सुर्खेतको सुर्खेत बजार, रुकुमकोटको वामी टक्सार, पर्वतको कुश्मा, गोरखाको सुन्दरबजार, नुवाकोटको विदुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर, दोलखाको चरिकोट, ओखलढुंगाको हर्कपुर, भोजपुरको वसन्तपुर हुँदै सुदूरपूर्वको पाँचथरस्थित फिदिम पुगेर संकल्प यात्रा पूरा हुनेछ । 

गत मङ्सिर ६ गतेको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना पारित गरेको थियो । सङ्कल्प यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष÷प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र तोकिएका व्यक्ति टोलीमा रहनेछन् ।

जसअन्तर्गत अभियानको पहिलो दिन झुलाघाट हिँडेको टोली अमरगढी पुगेर बास बस्नेछ । सोही दिन त्रिपुरासुन्दरी, खोड्पे, र अनारखोलीमा भेटघाट गर्दै एमालेको टोलीले गोठालापानीमा आरम्भ सभा गरेर तुफान डाँडामा थप कार्यक्रम राखेको छ । दोस्रो दिन अमरगढीबाट हिँडेको टोली सिलगढीमा बास बस्दै सकाली, गोपघाट, राजपुर चोक दिपालमा भेटघाट गरेर सिलगढीमै कोणसभा गर्नेछ ।

तेस्रो दिन अछामको साँफेबगर हुँदै चौखुट्टे, मार्कु बयलपाटामा भृटघाट गरेर मंगलसेनमा सभा गर्नेछ । चौथो दिन दैलेख पुग्ने एमाले टोलीले गौरी टाँड, शीरस्थान, दैलेख बजार हुँदै राकममा सभा गर्नेछ । पाँचौँ दिन एमालेको टोली सुर्खेतका लागि प्रस्थान गर्नेछ । सोही दिन सुर्खेतमा सभा र भेटघाटपछि रुकुमकोटको रातमाटे, भेरीबबई डाइभर्सन सल्लीबजार र सेरी गाउँमा भेटघाट गरेर रिम्नामा पुनर्निर्माणसम्बन्धी छलफल गर्नेछ ।

सातौँ दिन वामी टक्सारमा सभा गरेर आठौँ दिन बाग्लुङ हुँदै कुश्मामा पुगेर सभा गर्ने कार्यक्रम तय गरेको एमालेले नवौँ दिन पोखराका लागि प्रस्थान गर्नेछ । सो दिन पोखरामा बास बस्ने बास बस्न गोरखा आउने छ । गोरखामा भोर्लेटार, धमिलीकुवा, पालुङटारमा भेटघाट गरेर सुन्दर बजारमा सभाको आयोजना गर्नेछ । दशौँ दिन आरुघाटमा भेटघाट हुँदै नुवाकोटको विदुर पुग्ने र सोही स्थानमा भेटघाट राखेको छ । ११ गते नुवाकोटको विदुरमा सभा सम्पन्न गर्ने छ । 

मङ्सिर २४ गते चिसापानी धुलिखेल हुँदै काभ्रेको मण्डनदेउपुरको कुन्तावेसीमा सभा गर्नेछ । १२ औँ दिन धुलिखेलबाट दोलखाको दोलालघाट, खाँडीचौर, हुँदै चरिकोट पुगेर कोणसभा गर्नेछ । त्यसपछि रामेछापको मन्थली, उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा सभा गर्नेछ । चौधौँ दिन दिक्तेल, भोजपुरलगायतका जिल्लामा भेटघाट गर्ने टोलीले मङ्सिर २८ मा भोजपुरबाट पाँचथर र तेह्रथुमतर्फ लाग्ने छ । 

अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ । त्यस्तै, सहभागी सबैले नियमित सेवन गर्ने औषधि, न्यानो कपडा, स्लिपिङ ब्याग, ड्राई फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नुपर्नेछ ।

त्यसपछि पाख्रिवास हुँदै वसन्तपुर पुगेर सभा गर्ने टोलीले संक्रान्तिबजार, म्याङ्लुङ हुँदै १७ औँ दिनका दिन पाँचथरको फिदिममा सभा गर्नेछ । १८ औँ दिन पुस १ गते फिदिमबाट सम्भावित भेटघाट च्याङथापुमा गर्ने र त्यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नेछ । पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा यात्राको समापनको सूचना सम्प्रेषण गर्ने एमालेको तयारी छ ।

अभियानमा रहने एमाले नेताहरूका अनुसार अभियानका क्रममा नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम संलग्न हुनेछ । जसमा एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मत सम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडी सहभागी हुनेछन् । अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ । त्यस्तै, सहभागी सबैले नियमित सेवन गर्ने औषधि, न्यानो कपडा, स्लिपिङ ब्याग, ड्राई फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नुपर्नेछ ।

‘झुलाघाटबाट चिवाभञ्ज्याङसम्म पुग्ने अध्यक्ष केपी शर्मा ओलीसहितको केन्द्रीय टोली सय जना हाराहारी हुनेछ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘ स्थायी कमिटीका सदस्यहरु जसको भुगोलमा कार्यक्षेत्र छैन उनीहरूसहितको केन्द्रीय टिम हुन्छ ।’ उनीहरूका लागि सम्बन्धित पार्टी कमिटीले कार्यक्रम हुने जिल्लाले व्यवस्थापन गर्नेछ । बाँकी सहभागी सबैलाई आआफ्नो प्रदेशमा तोकिएका नाकामा अभियान सफल पार्नका लागि जुट्न एमालेले निर्देशन दिएको छ । त्यसको लागि नेकपा एमले काभ्रेले मंसिर २४ गते बनेपाको उग्रचण्डी बेन्क्वेटमा बिस्तारित भेलाको तयारी गरेको छ ।  


प्रतिक्रिया



थप समाचारहरु