एमाले काभ्रेको अधिवेशन जेठ २८ गतेदेखि, ओलीले उद्घाटन गर्ने


मेचीकाली

बनेपा- नेकपा एमाले काभ्रेको एघारौं जिल्ला अधिवेशनको मिति तय भएको छ ।  आज बसेको जिल्ला कमिटीको पुर्ण वैठकले जेठ २८ गतेदेखि ३० गतेसम्म धुलिखेलमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनको उद्घाटन पुर्वप्रधानमन्त्री एवं एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । एमाले पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा जिल्ला कमिटिको बैठक सम्पन्न भएको थियो ।

अध्यक्ष अशोक व्यान्जुको अध्यक्षतामा बसेको बैठकमा विशेष अतिथी पार्टी पोलिटव्यूरो सदस्य तथा काभ्रेपलाञ्चोक इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा १ नं क्षेत्रीय इन्चार्ज नविना लामा, केन्द्रीय सदस्य तथा २ नं. क्षेत्रीय इन्चार्ज कपिलदेब पोखरेल, पार्टी प्रदेश कमिटि उपसचिव भक्तकुमारी लामा लगायतको उपस्थिती थियो ।

अधिवेशनमा जिल्लाका भूगोल, जनसंगठन र विधान बमोजिमका निकायबाट  करिव सात सय प्रतिनिधिको सहभागिता रहने छन् । प्रतिनिधिहरुको छनौट जेठ १८ र १९ गते एकै पटक गर्ने निर्णय भएको छ ।

अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र धुलिखेल नगर कमिटीको संयोजकत्वमा मञ्च तथा खाना ब्यवस्थापन समितिको गठन गरिएको छ ।

नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीका सचिव राजन भुर्तेका अनुसार यो जिल्ला अधिवेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने एउटा महत्वपूर्ण  अवसर हो । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल समेत गरेको छ ।

प्रतिक्रिया



थप समाचारहरु