किराँतीलाई बर्खास्त गर्न चौतर्फी माग, बाँस्कोटा भन्छन्, 'कत्रो जेल बनाउलान् अब ?'


मेचीकाली

काठमाडौं–धर्मका विषयमा विवादास्पद अभिव्यक्ति दिएका संस्कृति मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न चौतर्फी माग उठेको छ । हिजो काठमाडौंमा भएको एक कार्यक्रममा धर्मबारे विवादास्पद अभिव्यक्ति दिएका किराँतीलाई बर्खास्त गर्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले माग गरेका हुन् ।

हिजो काठमाडठौंमा क्रिस्चियन समुदायले उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० आयोजना गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो र संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । उनले विश्वमा धार्मिक जनसंख्या ८५ प्रतिशत रहेको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने भनेका थिए । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् भन्दै प्रश्न गरेका छन् । माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग भएको फेरि प्रमाणित भएको भन्दै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत धर्म ब्यक्तिगत स्वतन्त्रता भएको तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको बताएका छन् । 

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अबरुउनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या ९हिन्दु,बौंध्द,मुस्लिम आदी०करीब ९८५ रहेछ।माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि  प्रमाणित भयो।धर्म ब्यक्तिगत स्वतन्त्रता हो।तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।


यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले किराँतीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । क्रिष्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने भन्दै थापाले  यसमा पुष्पकमल दाहाल प्रचण्डको ध्यान तत्काल जानुपर्ने बताएका छन् । थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानून अनुसार कारबाही गर्न पनि माग गरेका छन् । 

थापाले लेखेका छन्, "क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्" भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ।प्रम पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस्


रास्वपाका सभापति रवि लामिछानेले पनि मन्त्री किराँतीको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? भन्दै प्रश्न गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै  खेदजनक  छ।यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस्




प्रतिक्रिया



थप समाचारहरु