सूचनाको बारेमा युवासँग बनेपामा अन्तरकृया


मेचीकाली

बनेपा-बनेपा नगरपालिकाले प्रवाह गरेको सूचनामा युवाको पँहुच कस्तो रहेको छ भनेर बृहत अन्तरकृया गरिएको छ । एकाउन्टबिलीटी ल्याब नेपालले संञ्चालन गरिरहेको लोकतन्त्रमा युवा सहभागिता परियोजनाले बनेपाको स्मार्ट प्यालेसमा अन्तरकृया आयोजना गरेको हो । 

सोमबार विभिन्न समुहका युवाहरुको सहभागितामा भएको अन्तरकृयामा बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटा, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वडा नं १० का सदस्य सुसील थापाको सहभागिता रहेको थियो । बनेपा नगरपालिकाका जनप्रतिनिधि,सकृय युवा पत्रकार, एकल महिला, कृषक समुह, जनप्रतिनिधि, क्याम्पसका विद्यार्थीहरु वैदेशिक रोजगारबाट फर्किएका युवाहरु, युवा उद्यमीहरुको सहभागिता रहेको थियो । 

अन्तरकृयालाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले राज्यले नदेखेको बिषय सामाजिक संस्थाले देख्ने भएकाले सामाजिक संघ संस्थासँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो । 

बनेपा नगरपालिकाले प्रवाह गरेको सूचना प्रवाहको बारेमा एकाउन्टबिलिटी ल्याबले गरेको सर्भेलाई राम्रोसँग अध्ययन गरेर सकेसम्म धेरैभन्दा धेरैमा सूचना प्रवाह गर्ने नीतिलाई अबलम्बन गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नगरपालिकाले प्रवाह गर्ने सेवाको बारेमा धेरैभन्दा धेरै सेवाग्राहीसम्म पु¥याउने नगरको लक्ष्य भएकाले सोही अनुसार गर्ने बताउनुभयो । उहाँले हरेक वडामा सूचना ईमेलबाट पठाउने गरेको बताउँदै सबै नागरिकलाई सूचना दिनु आफ्नो लक्ष्य रहेको बताउनुभयो । 

बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले सूचना नपुगेको सर्भेको रिजल्ट आएकाले त्यसको पुनरावलोकन गर्ने बताउनुभयो । सामाजिक संञ्जाल नागरिक वडापत्रसँगै उपभोक्ता समितिको मार्फत सूचना प्रवाह गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भुईमान्छेसम्म सूचना पुग्नु पर्ने भएकाले सोही अनुसार योजना बनाउने उल्लेख गर्नुभयो । 

युवा उद्यमी मंञ्चका अध्यक्ष सरोजकाजी श्रेष्ठले पुरातात्विक क्षेत्रको संरक्षणमा स्थानीय तहले चासो दिन आवश्यक रहेको औल्याउनुभयो । उहाँले सम्पदाको संरक्षणले दीगो विकास हुन सक्ने तर्फ सचेत बनाउनुभयो । 

भिसनमध्यकर्मी श्रेष्ठले सम्पदाको संरक्षणमा स्थानीय तहले विशेष भुमिका निर्वाह गर्नुपर्ने भएकाले त्यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । 

राजन अधिकारीले कल्सलटेन्सीको सूचना सहजै पाउने तर स्थानीय तहका सूचना सहजै पाउन नसक्नु बिडम्बना रहेको बताउँदै यस्ता बिषयमा स्थानीय तहले ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । 

श्रमिकको क्षेत्रमा काम गर्ने युवाले सूचना नपााउने उहाँले गुनासो गर्नुभयो । 

बरिष्ठ संचारकर्मी राजकुमार पराजुलीले युवाको सवालमा स्थानीय तहले सही सूचना समयमै दिन आवश्यक रहेको बताउनुभयो । सेवाप्रदायकसँग सहकार्य गरेर अघि बढ्नु नै अहिले मुख्य बिषय रहेको उहाँले बताउनुभयो । 

संचारिका समुहको अध्यक्ष सुनिता सापकोटाले ४० बर्षमाथिका महिलाले अझै पनि सूचना पाउन नसकेको बताउनुभयो । उहाँले महिला जनप्रतिनिधि मार्फत महिलाहरुमा धेरैभन्दा धेरै सूचना प्रवाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

सन्तोष चौलागाईले सामाजिक संञ्जालमा राखेको कुरा आधिकारिक हो की हैन भन्ने समस्या विद्यमान रहेको बताउनुभयो । उहाँले युवा लक्षित कार्यक्रम गरेपछि नजिता कस्तो आयो भनेर चाही नहेर्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो । 

मोहनकृष्ण गजुरेलले  श्रमिक युवाले समयमै सूचना पाउन नसक्दा त्यसले समस्या बढिरहेको बताउनुभयो । रोजन तामाङले सूचनामा पनि राजनीतिकरण हुँदा सहज र समान रुपमा सूचना पुग्न नसकेको बताउनुभयो । पुजन धितालले सूचनाको पँहुच सबैसँग समान रुपमा हुन नसक्दा त्यसले धेरै कुरामा अप्ठारो पारेको बताउनुभयो । 

केशवराज पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा बनेपा नगरपालिकामा युवासँग गरिएको सर्भेक्षण सार्वजनिक गरिएको थियो

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम