पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशनको १६ औं वार्षिक साधारण सभा सम्पन्न


होमप्रसाद चौंलागाँईं

पाँचखाल-काभ्रेको पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका सहितको ३ पालिकाको संस्थागत विद्यालयहरुको साझा छाता संगठन पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन Panchkhal Valley Institutional School Organization  (PVISO) को  १६ औं वार्षिक साधारण सभा वैशाख २९ र ३० गते ६ बुँदे महत्वपूर्ण घोषणा जारी गर्दै दोलखाको खरिढुंगामा सम्पन्न भएको छ । 

पाँचखालको गोल्डेन फ्यूचर, सरस्वती, पाँचखाल भ्याली, नमस्ते, नव जनहित लगायतका विद्यालयहरु तथा मण्डनदेउपुरको लिटिल स्टार, मण्डन भ्याली, नव प्रतिभा, केन्ट पब्लिक स्कूल र ज्याम्दी ईङ्गलिस बोर्डिङ स्कूलको साथै भुम्लुको दोलालघाटस्थित बालज्योती ईङ्गलिस स्कूल लगायतका दर्जनौं विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा संस्थाको वर्षिक प्रगति प्रतेवेदनको साथै आर्थिक प्रतिवेदन र आगामी शैक्षिक सात्रको लागि गरिने विभिन्न कार्यक्रमहरुको बारेमा घनिभूत छलफको साथै विभिन्न विषयहरु समेटिएको प्रतिवेदनहरु पाश भएको थियो । 

संस्थागत विद्यालय अन्तर्गत पाँचखालका ऐतिहासिक ब्यक्तित्व एवं भिसोका संस्थापक माइला तामाङको प्रमुख आतिथ्यता र प्याब्शनका बरिष्ट उपाध्यक्ष महेन्द्र थिङको विशेष आतिथ्यता र संस्थाका अध्यक्ष विशाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिसोका पूर्व अध्यक्षहरु राममणी सापकोटा, नबिन सापकोटा, सरोज न्यौपाने, डीबी.ऐडी, छबिरमण पराजुली लगायतलाई सम्मान गरिएको थियो ।  


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम