पलाञ्चोक भगवतीको दानपेटिका चोर्ने व्यक्ति रामेछाप कारागारमा भेटिए


मेचीकाली

काभ्रे–काभ्रेको पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेको दानपेटिका फोडेर रकम चोर्ने व्यक्ति जिल्ला कारागार रामेछापमा फेला परेका छन् । 

२०७९ कार्तिक १६ गते पलाञ्चोक भगवती मन्दिरमा रहेको दान पेटीका फोडेर ७० हजार रुपैयाँ चोरिएको थियो । उक्त घटनाको निरन्तर अनुसन्धानमा रहेको काभ्रे प्रहरीले उक्त चोरीा संलग्न व्यक्तिलाई जिल्ला कारागार रामेछापमा रहेको पत्ता लगाएको हो । पलाञ्चोक भगवतीको दानपेटिका चोर्ने व्यक्ति काभ्रेको खानीखोला–७ का रविन खुलाल भएको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याएर अनुसन्धान थालिएको छ ।

खुलाल रामेछापको खाँडादेबी मन्दिरमा रहेको दानपेटिका  चोरीको अभियोगमा कारागार कार्यालय रामेछापमा थुनामा रहेको पाइएको छ । 


प्रतिक्रिया



थप समाचारहरु