जिरोकिलोमा बुट्यानमा बाँधेर आगो लगाएको अवस्थामा शव भेटियो


मेचीकाली

काभ्रे–काभ्रेको पाँचखाल ४ जिरोकिलो नजिकै एक पुरुषको शव दर्दनाक अवस्थामा फेला परेको छ । बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । जिरोकिलो नजिकैको जङ्गलमा बुट्यानमा बाँधेर आगो लगाइएको अवस्थमा शव फेला परेका अन्दाजी २५ बर्षका पुरुषको पहिचान नखुलेको प्रहरी चौकी पाँचखालले जनाएको छ । 

प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक राजाराम खतिवडाले स्थानीय एक ब्यक्ति शौच गर्न जङ्गलमा जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । शव पुरै गलेको अवस्थामा  रहेकोले उक्त घटना ६/७ दिन पहिले गराइएको हो कि भन्ने देखिएको प्रहरीको भनाई छ । शवको जाँचका लागि जिल्लाबाट डाक्टर र काठमाडौंबाट अनुसन्धानको लागि कुकुर बोलाइएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया



थप समाचारहरु