पाँचखाल– एक महिनादेखि हराइरहेका पाँचखाल नगरपालिका वडा नं. ६ का विजय श्रेष्ठको शव फेला परेको छ ।
आफ्नै घर नजिकै रहेको काजीको सामूदायिक वनमा सडेगलेको अवस्थामा उनको शव फेला परेको हो । स्थानीयले सडेगलेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव विजयको रहेको भनी उनको परिवारले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
२१ वर्षका विजय गत असार १८ गतेदेखि घरबाटै हराइरहेका थिए । उनको परिवारले निरन्तर उनको खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।