पत्रकार तिमल्सिनालाई धम्की दिनेमाथि कार्बाही गर्न प्रेस चौतारीको माग


मेचीकाली

बनेपा-नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनालाई समाचार लेखेको आधारमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबाट आएको ज्यान मार्ने धम्कीप्रति प्रेस चौतारी नेपाल काभ्रे शाखाले आपत्ति जनाएको छ । 

प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले आज विज्ञप्ति जारी गर्दै तिमल्सिनामाथि दिइएको धम्कीको निन्दा गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् । 

सुन तस्करी प्रकरणमा बागमती प्रदेशका मन्त्री तीर्थ लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङको संलग्नताबारे पत्रकार तिमल्सिनाले समाचार लेखेका थिए । त्यसकै आधारमा तिमल्सिनालाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले गोली ठोक्ने धम्की दिएका हुन् । आजै तिमल्सिनाले दोषीमाथि कार्बाहीसहित जिउधनको सुरक्षा माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

कुनै पनि समाचारमा चित्त नबुझे खण्डन छाप्ने लगायतका वैधानिक प्रक्रिया हुँदाहुँदै धम्क्याउने, अनावश्यक गालीगलौज गर्ने र चरित्रहत्या गर्ने कार्य किमार्थ स्वीकार्य हुन नसक्ने प्रेस चौतारी काभ्रेले जनाएको छ । प्रेस चौतारी नेपालले पत्रकार तिमल्सिनालाई धम्की दिनेहरूलाई तत्काल पक्राउ गरि कानुनी कार्बाही गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दै दोषीमाथी तत्काल कार्बाही नभए सशक्त आन्दोलनमा उत्रन प्रेस चौतारी नेपाल काभ्रे शाखा बाध्य हुने चेतावनी दिएको छ । चौतारीले तिमल्सिनाको जिउधनको सुरक्षा गर्न सुरक्षा निकायसँग मागसमेत गरेको छ । 



प्रतिक्रिया



थप समाचारहरु