रेडक्रस काभ्रेमा कांग्रेसकै दुई गुटबीच प्रतिस्पर्धा हुँदा भैलको प्यानलै विजयी


मेचीकाली

काभ्रे–नेपाल रेडक्रस सोसाइटी काभ्रेको नयाँ कार्यसमितिको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस निकन रेडक्रसकर्मीहरुबीच भएको चुनावी प्रतिस्पर्धामा देवेन्द्र भैल नेतृत्वको प्यानल निर्वाचित भएको हो । नेपाली कांग्रेस निकटकै रेडक्रसकर्मी विदुर घिमिरेलाई पराजित गर्दै भैल सभापतिमा निर्वाचित भए ।

भैलले १०३ मत पाउँदा घिमिरेले ६५ मत मात्रै प्राप्त गरे । नेपाली कांग्रेसको सिंगो शक्ति भैलको पक्षमा लागेको थियो भने घिमिरेले त्यसविरुद्ध बागी उम्मेदवारी दिएका थिए । घिमिरेले अघिल्लो पटक पनि रघुनाथ हुमागाईंविरुद्ध उम्मेदवारी दिएका थिए र पराजित भए । 

रेडक्रस काभ्रेको उपसभापतिमा ज्ञानवहादुर तामाङ, महिला उपसभापतिमा पुष्पा खड्का वस्नेत, मन्त्रीमा राजु सिग्देल, कोषाध्यक्षमा प्रेमकुमार तामाङ, उपमन्त्रीमा पदिप केसी र उपकोषाध्यक्षमा विनोद कोइराला निर्वाचित भए । यस्तै सदस्यमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधवप्रसाद नेपाल, बिलवहादुर श्रेष्ठ, दामोदर श्रेष्ठ, कृपेन्द्र श्रेष्ठ र जगन्नाथ गिरी निर्वाचित भएका छन् ।

महिला सदस्यमा भने सजिना श्रेष्ठ, भवानी केसी र शान्ति खत्री यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 


प्रतिक्रिया



थप समाचारहरु

 

ठमेल काव्योत्सव सम्पन्न