तथ्याङ्क दिवसमा काभ्रेमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया


मेचीकाली

धुलिखेल -तथ्याङ्क दिवस २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । 

‘आधिकारिक तथ्याङ्क, पारदर्शी प्रशासन’ नारासहित यो वर्ष मनाइएको दिवसको अवसरमा कार्यालयले विभिन्न तथ्याङ्कहरुका बारेमा काभ्रेपलाञ्चोकका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको हो । 

तथ्याङ्कले समाचारको विश्वसनीयतामा वृद्धि गर्ने साथै तथ्यपक पनि हुने भएकाले तथ्याङ्कका विभिन्न पक्षबारे अन्तरक्रिया गरिएको तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख तथ्याङ्क समन्वय अधिकारी दीपक कोइरालाले जानकारी दिए । उनले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले विभिन्न तथ्याङ्क, सूचना नागरिकमाझ पु¥याउने र यसले विकासमा मद्दत गर्ने तर्क राखे ।  

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले सही तथ्याङ्कले नै सही योजना बन्ने र यसले पारदर्शिता कायम गर्न मद्दत पुग्ने बताए। 

तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले तथ्याङ्कले नै समाचारलाई तथ्यपक बनाउने तर्क गरे । 

कार्यक्रममा तत्कालीन तथ्याङ्क कार्यालय काभ्रे हुँदै तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकमा २५ वर्षभन्दा बढी सेवा अवधि पुरा गरेका सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्कबहादुर भुजेल लाई सम्मान गरिएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु