काभ्रेका ३ नगरले सडकवत्तीको झण्डै २४ करोड तिर्न बाँकी


मेचीकाली

काभ्रे–काभ्रेका तीनवटा नगरपालिकाले सडकबत्तीको झण्डै २३ करोड रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिकाले सडक बत्ती प्रयोग वापतको रकम लामो समयदेखि तिरेका छैनन् । जसका कारण वक्यौता रकम बढ्दै गइरहेको छ ।

 नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका अनुसार जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिकाले सडक बत्ती वापत वापतको २३ करोड ८९ लाख ६५ हजार ४४७ रुपियाँ महसुल तिर्न बाँकी रहेको जनाएको छ । बनेपा नगरपालिकाले सडक बत्ती वापत सात करोड ७९ लाख ४० हजार २५१ रुपियाँ, धुलिखेल नगरपालिकाले सात करोड ५३ लाख ६९ हजार ९१९ रुपियाँ, पनौती नगरपालिकाले छ करोड ३७ लाख ५२ हजार ३२८ रुपियाँ महसुल तिर्न बाँकी रहेको छ । 

यस्तै साविकको उग्रतारा जनागाल गाविस (हाल बनेपा १०) ले ७९ लाख ५९ हजार ९२१ रुपियाँ, साविक साँगा नासिका गाविस (हाल बनेपा १४) ले ८५ लाख ६३ हजार १२८ रुपियाँ, साविक टुकुचा नाला (हाल बनेपा २ ) ले सडक बत्री वापतको ५३ लाख ७९ हजार ९२८ रुपियाँ विद्युत महसुल तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । 

वितरण केन्द्रका प्रमुख  अमृत अधिकारीले स्थानीय तहहरुलाई बक्यौता सडक बत्ती वापतको महसुल बुझाउन पटक÷पटक ताकेता गरिएपनि कार्यान्वयन नभएको बताए । जिल्लाको स्थानीय तहका साथै कारागार कार्यालयले समेत वर्षौदेखि बिद्युत महसुल नतिरेको बताए ।. अधिकारीले केन्दले दुई महिना अर्थात् ६० दिनसम्म विद्युत महसुल नतिर्ने ग्राहकहरुको विद्युत लाइन काट्ने कामलाई तिव्रता दिएको जानकारी दिएका छन् ।

केन्द्रले गत वर्षदेखि नै यो अभियानलाई तिव्रता दिएको बताउँदै गत वर्ष दुई महिनासम्म कुल चार करोड ४० लाख पाँच हजार २०६ रुपियाँ विद्युत महसुल नतिर्ने एक हजार ५२६ ग्राहकको विद्युत लाईन काटिएको छ । लाइन काटिएकामध्ये गत असार मसान्तसम्म एक हजार ३६१ ग्राहकले तीन करोड ८६ लाख ९६ हजार २८ रुपियाँ बक्यौता रकम बुझाएपछि पुनः विद्युत लाइन जोडिएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म केन्द्र अन्र्तगत रहेका ग्राहमध्येबाट दुई महिनामा २० हजारभन्दा बढी बक्यौता भएका ३२९ जना ग्राहक रहेको केन्द्रले जनाएको छ । केन्द्रले चालु आर्थिक वर्षको साउन महिनामा १३९ ग्राहक र भदौ महिनामा २४७ ग्राहक गरी दुई महिनामा ३८६ ग्राहकको विद्युत लाइन काटेको थियो । लाइन काटिएका ३८६ ग्राहकमध्ये ३१९ ग्राहकको पुनः विद्युत जडान गरी साउन महिनामा २६ लाख ६९ हजार ४१२ रुपियाँ र भदौ महिनामा ३४ लाख ४८ हजार ८८१ रुपियाँ बक्यौता रकम उठाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु