काभ्रे– २१ दिनदेखि अष्ट्रेलियामा हराइरहेका काभ्रेको पाँचखालका सुवास बोलखे मृत भेटिएका छन् । उनको शव सिड्नीको समुद्री तटमा फेला परेको हो ।
अष्ट्रेसलयास्थित नेपाली दुतावासले सुवासको शव अष्ट्रेलियाको समुद्री तटमा फेला पारेको पुष्टि गरेको छ । सुवास वेपत्ता भएदेखि नै खोजी कार्य तीब्र पारिएको थियो । अष्ट्रेलियाको प्रहरीका साथै त्यहाँ रहेका नेपाली समुदायले निरन्तर सुवासको खोजी गरिरहेका थिए ।
काभ्रेको पाँचखाल नगरपालिका– ७ घर भएको २८ वर्षीय सुवास बोलखे १३ दिनदेखि अष्ट्रेलियाको सिड्नीको दक्षिणी भागबाट सम्पर्कबिहीन बनेका थिए । २८ वर्षीय सुवास अन्तिम पटक बेक्सलेमा २७ जुलाई बेलुका ८ बजे देखिएका थिए । बेपत्ता भएपछि सेन्ट जर्ज पुलिस एरिया कमाण्डका अधिकारीहरूलाई अगस्ट २ तारिखमा खबर गरिएको थियो ।
सुवासको मृत्यु के कसरी भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । उनको शव पोष्टमार्टम भएपछि मृत्युको कारण पत्ता लाग्नेछ । त्यहाँको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको अष्ट्रेलियाबाट सञ्चालित नेपाली मिडियाहरुले जनाएका छन् ।