शिक्षक संगठन काभ्रेमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित


मेचीकाली

बनेपा–नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको १४ औं जिल्ला अधिवेशनले भीमसेन हुमागाईंको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । 

आज बनेपामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा चित्रप्रसाद गौतम, महिला उपाध्यक्षमा विद्यालक्ष्मी देउजा, सचिवमा योगेन्द्र बडाललाई निर्विरोध निर्वाचित गरेको छ । जिल्ला कार्यसमितिको कोषाध्यक्षमा चन्द्रप्रसाद तिमल्सिना र सहकोषाध्यक्षमा रामशोभा भण्डारी तथा सहसचिवमा सुविद्या त्रिपाठीलाई निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा देवीप्रसाद गौतम, रुपेश नेपाल हरिप्रसाद तिमल्सिना लगायत निर्वाचित भए । यस्तै लेखा परिक्षण समिति संयोजकमा जीवन भण्डारी निर्वाचित भएका छन् । अधिवेशनले ५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र ११ जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले गरेका थिए । अधिवेशनको उद्घाटन कार्यक्रममा बाास्कोटाले सामाजिक शिक्षा हटाउन खोजेको भन्दै आपत्ति जनाए । ‘आइडियल काम गर्ने व्यक्ति भन्दै विवादित व्यक्तिहरुको जीवनी पढाउन थालेको भन्दै उनले विरोध जनाए । देश, संस्कार र संस्कृति तथा राष्ट्रियता चिनाउने व्यक्तिको साटो विवादित व्यक्तिको जिवनी पढाउनु गलत रहेको बाास्कोटाले बताए ।

विद्यार्थीहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै उनले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय गौरवका विषयमा पढाउन भुल्दै गएको र यसको समीक्षा गर्नुपर्ने बेला आएको बताए । शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बेला भइसकेको बताउँदै बाँस्कोटाले यसबारे राष्ट्रिय बहस सुरु गर्न ढिला भइसकेको बताए । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक शिक्षिका, व्यवस्थापन समिति, विद्यार्थी र अभिभावकको सबैको भूमिका रहने बाँस्कोटाले बताए ।  


प्रतिक्रिया



थप समाचारहरु