काभ्रेमा मृतकको संख्या ६२ पुग्यो, ४ जना अझै वेपत्ता


मेचीकाली

काभ्रे–असोज १२ गतेको बाढी र पहिरोका कारण काभ्रेमा ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । 

काभ्रे प्रहरीका अनुसार महिला २८ जना, पुरुष १९ जना बालक १० जना र बालिका ५ जनाले ज्यान गुमाएको बताए । पहिरोमा परी हालसम्म तीन महिला र एक पुरुष गरी चार जना वेपत्ता भएका छन् । पहिरोमा परी हालसम्म २३ जना महिला, २७ जना पुरुष र एक बालक र एक बालिका गरी ५२ जना घाईते रहेको र उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीबाट जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी पनौती नगरपालिका १४ जनाको ज्यान गएको जनाएको छ । 

प्रहरीले नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी, पहिरोमा फसेका जिल्लाको रोसी गाउँपालिकाको मङ्गलटार, पनौती, बेथानचोक, चौरीदेउराली, भुम्लु गाउँपालिकाका विभिन्न स्थानबाट आईतबार र सोमबार गरी ४१८ जनाको उद्धार गरिएको जनाएको छ । प्रहरीले बस र पैदलमाध्यमबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तीन हजार २७४ नागरिकको उद्धार गरिएको जनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु