चौतारा र बनेपाका 'भेट्रान' भिड्दै


मेचीकाली

 बनेपा-काभ्रेपलाञ्चोक जिल्लाको बनेपाका भेट्रान खेलाडी र सिन्धुपाल्चोक चौताराका भेट्रान खेलाडीबीच दोश्रो मैत्रीपुर्ण खेल शनिबार हुने भएको छ । बनेपाको चाईनाटाउनको खेल मैदानमा दिउँसो २ बजेबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक बनेपा मर्निङ फुटसल गुप्रले जनाएको छ । 

यसअघि बनेपा भेट्रानले चौतारामा पुगेर भदौ २२  सेभेन ए साईड प्रतियोगिता खेलेर आएको छ । सो खेल बराबरीमा टुग्गिएको थियो । आयोजक संस्थाका भवसागर रंजितले खेलको माध्यमबाट भातृत्व र आपसी एकता मजबुत बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले खेलले अनुशासन, गतिशिलता र स्वास्थ्यको लागि काम गर्ने भएकाले मैत्रीपुर्ण प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । बनेपा नगरपालिकाका जनप्रतिनिधि, जिल्ला फुटवल संघका प्रतिनिधीको उपस्थितीमा चाईना टाउनमा प्रतियोगिता गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो । यसअघि चौतारामा भएको सेभेन ए साईड प्रतियोगिता भएपनि बनेपामा भने ११ जना खेलाडी नै खेलेर प्रतियोगिता गर्न लागिएको हो । 

बनेपामा एक दशकदेखि सकृय रुपमा भेट्रान खेलाडीले फुटसल तथा फुटवल खेल्दै आएकोमा केही बर्षयता गुड मर्निङ फुटसल गुप्र बनाएर खेलकुद तथा सामाजिक कार्यमा सकृय बन्दै आएको छ । केहीदिन अघि नमोबुद्ध भेट्रानसँग भएको मैत्रीपुर्ण प्रतियोगितामा सो समुह विजयी भएको थियो । त्यस्तै एक बर्षअघि बनेपामा भएको भेट्रान कप फुटवल प्रतियोगितामा विजेता बनेको थियो । गुड मर्निङको टिममा राष्ट्रिय, क्षेत्रीय र जिल्लामा ख्याती कमाएका खेलाडीसँगै प्रतिष्ठित व्यापारी,व्यवसायी, प्रहरी,निजामती कर्मचारी, बंैक तथा वित्तिय क्षेत्रका व्यक्ती तथा युवा अगुवा रहेका छन् । स्थापनाको छोटो समयमै सो टोलीले फुटवलका धेरै कृयाकलाप गरिरहेको छ । 

शनिबार हुने प्रतियोगितामा काभ्रेली खेलाडीको हौसला बढाउन मैदानमा आईदिन हुन आयोजकले अनुरोध गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु