काठमाडौं घोषणापत्र जारी गर्दै सकियो क्षेत्रीय युवा सम्मेलन


मेचीकाली

काठमाडौं- सिविस र दिगो विकासको लागि नेपाल युवा सञ्जालको आयोजनमा वातावरणीय स्थायित्व र जलवायु कार्य विषयक क्षेत्रीय सम्मेलन  ६ बुँदे घोषण पत्र जारी गर्दै सकिएको छ ।

प्रतिनिधि सभा सदस्य  रन्जुकुमारी झाले बुढानिलकण्ठमा वृक्षारोपण गर्दै उद्घाटन गरेको कार्यक्रम समापन राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य जगदीश ऐरले गरेका हुन् ।

सम्मेलनमा उठेका आवाजहरुलाई घोषणा पत्रमा समेट्दै युवाहरुले ऐरलाई घोषणपत्र बुझाएका थिए । घोषणापत्र बुझ्दै ऐरले  योजना निर्माण प्रक्रियामा युव सहभागिता वृद्धि गराई वातावरण र जलवायुको मुद्दालाई स्थानिय देखि राष्ट्रिय, क्षेत्रीय तहमा उठाउदै संरक्षणमा ध्यान दिनु पर्ने र परिषद यसमा लागि परिरहेको र अझ प्रतिबद्ध भएर अगाडि बढ्ने बताए  ।  

समापन कार्यक्रममा बोल्दै आयोजक सस्थाका अध्यक्ष बिमला ज्ञवालीले  जलवायु र वातावरण संरक्षणको क्षेत्रमा सरकार, गैरसरकारी, क्षेत्रीय मञ्च एवं दातृ निकासँगै हातेमालो गर्न सिविसले सम्मेलन आयोजना गरेको बताईन । ताजकस्थान, भारत, पाकिस्तान र नेपालका गरि ३० जना युवाहरुको सहभागिता रहेको थियो । टिडिएच जर्मनीको सहयोगमा भएको सम्मेलन जेठ ४,५ र ६ गते सम्म चलेको थियो  । 

 दक्षिण एसियामा वातावरणीय र जलवायु नितिको पैरवी, युवाहरुको भुमिका, असल अभ्यास , दक्षिणी एसियाली  नितिहरुमा भएका खाडल, चुनौती र अवसर लगायतका विभिन्न   बिषयहरुमा कार्यपत्र प्रस्तुतसंगै समुहगत छलफल चलेको थियो भने  छलफल बाट आएका सवालहरुलाई संकलन गर्दै काठमाडौं घोषणपत्र गरि सम्मेलन सकिएको थियो । 

जारी गरिएको घोषणापत्रलाई पैरवीको लागि विभिन्न सरोकारवालाहरुलाई बुझाउने र बहस पैरवीलाई थप प्रभावकारी बनाउने रणनीति रहेको आयोजकले बताए ।

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम