युवाका गुनासो सुन्दै बनेपा नगरपालिका


मेचीकाली

 बनेपा-काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा पुरानो नगरपालिका बनेपाका युवा र जनप्रतिनिधीबीच सहभागिता र उद्यमशिलताको बढाउन अन्तरकृया भएको छ । युथ फर डेमोक्रेसी परियोजना मार्फत बनेपा नगरपालिकामा काम गरिरहेको एकाउन्टबिलिटी ल्याब नेपालले अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । 

बनेपामा रहेका युवाका प्रतिनिधी, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ काभ्रेका पदाधिकारी, युवा उद्यमी मंच, युवा दलित नेतृत्वसँगै खेलकुदमा सकृय युवा र क्याम्पसमा अध्ययरत युवा र जनप्रतिनिधिबीच अन्तरकृया कार्यक्रम आयोजना भएको थियो । 

एकाउन्टबिलिटी ल्याब नेपाल काठमाडौं र बनेपा नगरपालिकाको आयोजनामा भएको अन्तरकृयामा उठेका सवालको जवाफ नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटाले दिनुभएको थियो । 

केही महिना यता बनेपाका १४ वटा नै बडामा केन्द्रीकृत रहेर ल्याबले कार्यक्रम गरिरहेको बारेमा केशवराज पौडेलले कार्यक्रममा जानकारी गराउनुभएको थियो । ल्याबले बनेपामा युवाले लोकतन्त्रलाई कसरी बुझेका छन् । स्थानीय तहको कार्यको बारेमा कसरी बुझेका छन् भन्ने बारेमा छलफल भएको थियो । 

छलफलमा युवाहरुले युवाले व्यवसाय गर्ने क्रममा निक्कै झन्झटको सामना गर्नु परेको, त्यसलाई सहजीकरण गर्नुपर्ने, युवाको मागको आधारमा अनुदान कार्यक्रम दिनु पर्ने लगायतका गुनासो गर्नुभएको थियो । त्यस्तै खेलकुदको आधारभूत तहबाट विकासको लक्ष्य लिन, लागु औेषधको समस्या र स्थानीय तहले दिने तालिमको बारेमा जानकारी नपाएको गुनासो उल्लेख गर्नुभएको थियो । 

कार्यक्रममा बनेपा नगरपालिकाका सबै बडामा पुगेर स्वयसेवक मार्फत संकलन भएको गुनासोको सम्बोधन गर्र्दै मेयर शाक्यले युवालाई सदैव प्राथमिकतामा राखेर बनेपा नगरपालिकाले काम गरिरहेको उल्लेख गर्नुभयो । 

उपमेयर सापकोटाले युवालाई दिने तालिमको सही सूचना तत्लो तहसम्म पु¥याउन आवश्यक रहेको स्वीकार गर्नुभयो । उहाँले सबैको सहयोगबाट युवामैत्री स्थानीय तह बनाउन अनुरोध गर्नुभयो । 

कार्यक्रममा वडा नं ७ का अध्यक्ष हिटलर शाक्य, ९ का अध्यक्ष नृपेश वादे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, उपाध्यक्ष विनोद न्यौपाने, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, उद्योग वाणिज्य महासंघका महासचिव रविन्द्र वैदार, संचारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, युवा उद्यमी मंच काभ्रेका अध्यक्ष सरोजकाजी श्रेष्ठ,सामाजिक अगुवा नवराज मानन्धर र तेज नेपाली सहभागी हुनुहुन्थ्यो ।  


प्रतिक्रिया



थप समाचारहरु