भुम्लुमा बोलेरो दुर्घटना, चौरीदेउराली-६ का वडा अध्यक्षको खुट्टा भाँचियो


मेचीकाली

काभ्रे-काभ्रेको भुम्लुमा गएराती बोलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये चारजना सामान्य उपचारपछी डिस्चार्ज भएका छन् भने एकजनाको खुट्टा भाँचिएको छ । दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष किशोर राज गिरिको देब्रे खुट्टा फ्याक्चर  भएको हो । उनको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गएराती १० बजेतिर भुम्लु गाउँपालिका ८ पौवा स्थीत उकालोमा बा १५ च ८५६३ नंवरको बोलेरो ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोक्किएको थियो । उक्त चौरिदेउरालीबाट काठमाडौं आउदै गरेको थियो ।

दुर्घटनाग्रस्त बोलेरोका चालक पाँचखाल  नगरपालिका ५ युनिस गौतम सकुशल रहेका छन् । यस्तै बोलेरोमा सवार काभ्रे चौरीदेउराली गाउँपालिका ६ का पदम कुमार दुलाल, डिल्लि प्रसाद गौतम, हाटुज राज गिरि र तेज बहादुर पन्थ उपचार पछि डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु