काभ्रे-प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काभ्रेमा ६०.४२ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला ९२ हजार ८ सय २९ र पुरुष १ लाख ४ हजार ५१२ गरी कुल १९७३४१ अर्थात ६०.४२ प्रतिशत मत खसेको छ । अहिले क्षेत्र नंवर १ को पनौती र क्षेत्र नं २ को धुलिखेलमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको छ ।
क्षेत्र नं २ मा आजै राती मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।