प्रहरीलाई हजार रुपैयाँ घुस दिन खोज्ने रोशीका सानुकान्छा पक्राउ


मेचीकाली

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी चेकजाँचको क्रममा घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले काभ्रेभन्ज्याङबाट काभ्रेको रोशी गाउँपालिका ८ बस्ने ५९ वर्षका सानुकान्छा तामाङलाई उनले चलाएको स्कुटीसहित नियन्त्रणमा लिएको हो । आज बिहान साढे ८ बजे अस्थायी प्रहरी पोष्ट ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तामाङ पक्राउ परेका हुन् । बा.प्र.०२–०३७ प ०९९७ नं.को स्कुटीमा धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेका तामाङलाई प्रहरीले सवारी चालक अनुमति पत्र मागेको थियो । सो क्रममा उनले पटक– पटक ‘मेरो लाईसेन्स यो हो भनि बिलबुक भित्र  एक हजार राखेर दिन खोजेका थिए ।  

डिउटीमा खटिएको प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई प्रभावमा पारी कर्तव्यपथ बाट बिचलित गर्न दुरुत्साहान गरिएको अभियोगमा उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु