काभ्रे-२ बाट प्रतिनिधिसभामा बदनको 'इन्ट्री'


मेचीकाली

काभ्रे – प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नंवर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा ३५ हजार ४ सय ७६ बढी मत पाए । उनले कुल ५३ हजार ३ सय ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धा नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत पाए । यो क्षेत्रमा कुल सदर मतमा भण्डारीले प्रतिशत मत प्राप्त गरे ।

 नेकपा एमालेबाट अघिल्ला दुई निर्वाचनमा गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएको यो क्षेत्रमा एमाले तेस्रो स्थानमा सीमित रह्यो ।

 तेस्रो स्थानमा रहेका नेकपा एमालेका अशोक व्याञ्जूले १३ हजार ९४० मत प्राप्त गर्दा ८ हजार १ सय ७ मतसहित नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईं चौंथो स्थानमा रहे ।


प्रतिक्रिया



थप समाचारहरु