फर्निचरमा आगलागी हुँदा वृद्धाको ज्यान गयो


मेचीकाली

धुलिखेल-काभ्रेको धुलिखेल नगरपालिका-९ काभ्रेभन्ज्याङमा भएको आगलागीमा परी एकजनाको ज्यान गएको छ ।

गएराती ९ बजे  श्यामसुन्दर फर्निचर तथा काष्ठ  उद्योगमा आगलागी भएको हो ।  आगलागीमा परी उक्त उद्योगमा काम गर्ने काठमाडौंको शंखरापुरा १ नाङ्लेभारेका तोयानाथ दंगालकी श्रीमती ७० वर्षीया टिकादेवी दंगालको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीमा परी घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीबाट स्थानीय  कृष्ण बिकको ढुङ्गा माटो जस्ताले बनेको एक तले कच्ची घर, धुर्व बहादुर बिकको जस्ताले बेरेको जस्ताले छाएको एक तले टहरो समेतमा क्षति पुगेको छ । आगलागीलगत्तै जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काको  कमाण्डमा ४० जनाको प्रहरी टोली, ५ वटा दमकल, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियको टोली नियन्त्रणमा खटिएको थियो ।आगो आज बिहान १:४५ बजेमात्र नियन्त्रणमा आएको थियो ।

आगोलागीबाट फर्निचरको अन्दाजी ८० लाख, कृष्ण बिकको घरको अन्दाजी सात लाख र धुर्व बहादुर बिकको  टहरोको अन्दाजी तिन लाख  बराबरको क्षति भएको छ ।


प्रतिक्रिया



थप समाचारहरु