प्रेस चौतारीको स्थापना दिवसमा बौद्धिक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण


मेचीकाली

काभ्रे- प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा सहयोग गरेको छ ।

 पाँचखाल नगरपालिका–११ खरेलथोक स्थित सुस्त मनस्थिती पुनर्स्थपना केन्द्रंमा रहेका वौद्धिक अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा र फलफूल वितरण गरिएको हो । कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले सुस्त मनस्थिती पुनर्स्थापना केन्द्रका व्यवस्थापक रमेश खरेललाई ट्रयाकसुट, टोपी र फलफूल हस्तान्तरण गरेका थिए ।  पुर्नस्थापना केन्द्रमा अहिले बालबालिका र युवा गरी २० जना बौद्धिक आपांगता भएका व्यक्तिहरु रहेका छन भने ५ जना कर्मचारी कार्यरत छन् । 

स्थापना दिवसलाई मानवियतासँगै सकारात्मक सन्देशसँग जोड्नका लागि न्यानो कपडा वितरण गरिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्निाले बताए । उनले ग्रामिण भेगमा सञ्चालित पुर्नस्थापना केन्द्रलाई राज्यको थप सहयोग जरुरी रहेको बताए । विशेष सहयोगको आवश्यकता रहेका बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाई छ । 


कार्यक्रममा व्यवस्थापक रमेश खरेलले विविधि समस्यासँग संघर्ष गर्दै सञ्चालन बालबालिकाको हेरचाह गरिरहेको बताए । पुनर्स्थापना केन्द्रमा छात्रा भवनको अभाव रहेको उनले बताए । 


बालबालिका र युवाहरुलाई उनीहरुको क्षमता अनुसारको सीप मार्फत उद्यमसँग जोड्दै आत्मनिर्भर बनाउने सहयोगको अपेक्षा गरेको उनले बताए । २०५८ मा बौद्धिक अपांग कक्षा सञ्चालननसँगै पुनर्स्थापना केन्द्रको सुरुवात भएको थियो । तत्कालिन समयमा शिक्षा कार्यालय मार्फत सञ्चालन भएको हो । पुर्नस्थापना केन्द्रका लागि सरकारले वार्षिक १० लाख उपलब्ध गराउँदै आएको छ । सरकारको सहयोग र विभिन्न दातृ निकायको सहयोगबाट संस्था सञ्चालन भइरहेको छ । विशेष अवसरमा विभिन्न व्यक्तिहरुले समेत सहयोग गर्दै आइरहेका छन् । 


न्यानो कपडा वितरण कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले स्थानीय सवाललाई उजागर गर्दै सन्देशमूलक कार्यक्रमका रुपमा स्थापना दिवस मनाएकोमा प्रेस चौतारीलाई धन्वयवाद व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा एमाले काभ्रेका प्रचार विभाग प्रमुख श्याम सापकोटा, वरिष्ठ पत्रकार मधुसुदन गुरागाँई, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारी काभ्रेका निवर्तमान अध्यक्ष भुवन रायमाझी, प्रेस चौतारी वागमती प्रदेश कमिटी सचिव जगत तामाङ लगायत चौतारीकर्मीको सहभागिता रहेको प्रेस चौतारी काभ्रेका सचिव विकास तिमल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया



थप समाचारहरु