सनराईज बैँकले दियो कृषकलाई सीपमुलक तथा वित्तीय साक्षरता तालिम


मेचीकाली

काभ्रेपलाञ्चोक– जिल्लाको पनौतीमा शाखा कार्यालय रहेको सनराईज बैँकको आयोजनामा जिल्लाको पाँचखालमा दुग्ध उत्पादक किसानहरुलाई लक्षित गर्दै दुई दिने सीपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रमको सम्पन्न गरेको छ । सनराईनज बैँकका बागमती प्रदेश क्लष्टर प्रमुख योगेन्द्र पुनको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पशु विशेषज्ञ डा. इन्दिरा न्यौपाने र उमेश सापकोटाले पशुपालन व्यवसाय तथा दुग्ध उत्पादनको विषयमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो । सनराईज बैँक पनौती शाखाका प्रमुख दिनेश पन्थीले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कृषकहरुलाई लक्षित गर्दै सीपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिममा पाँचखाल तथा मण्डनदेउपुर नगरपालिकाभित्रका विभिन्न कृषि समूहमा आवद्ध रहनु भएका ३० जना किसानको सहभागिता रहेको बताउनुभयो ।
तालिममा किसानहरुलाई दुग्ध उत्पादनका लागि पशुपालन गर्दा उत्पन्न हुने समस्या तथा समस्या समाधानका विषयमा जानकारी प्रदान गरिएको बैँकले जनाएको छ । तालिममा पशुमा पोषण बढाउन गर्नुपर्ने कामहरु, पशुमा हुने विभिन्न रोगहरु, गोठको सरसफाई, कृतिम गर्भाधाानलगायतको विषयमा जानकारी दिइएको थियो । ‘तालिमममा सहभागि हुनु भएका किसानहरुले आफ्नो कमी कमजोरी पत्ता लगाई डेरी फार्मिङ सम्बन्धी जानकारी हाँसिल गर्नुभयो भन्ने विश्वास लिएका छौँ’ शाखा प्रमुख पन्थीले बताउनुभयो । तालिम समापन कार्यक्रममा बैँकका बागमती प्रदेश क्लष्टर प्रमुख योगेन्द्र पुनले बैँकले सञ्चालन गरेको दुई दिने सीपमुलक तथा वित्तीय साक्षरण सम्बन्धी तालिमले किसानहरुलाई आफ्नो उत्पादन सुधार गरी आम्दानी बढाई जीवनस्तर सुधार लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक डा. इन्दिरा न्यौपाने, प्रशिक्षार्थीको तर्फबाट दिपक सापकोटाले तालिमको महत्वको बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।
यस्तै तालिममार्फत बैंकले प्रदान गर्दै आईरहेको डिजिटल बैंकिङ, मिसकल बैंकिङ, मोवाईल बैंकिङ, अनलाईन बैंकिङ, दुर्घटना तथा स्वास्थ्य बीमा, डिम्याट तथा मेरो सेयर, डेविट, क्रेडिट कार्ड, डलर कार्ड, कार्ड लेस बैंकिङ , क्यूवार तथा पोस मेसिनको प्रयोग गर्ने तरिका र अपनाउनु पर्ने सावधानीहरु सम्वन्धी जानकारी समेत दिईएको शाखा प्रमुख पन्थीले बताउनुभयो । उहाँले बैंकले आफ्नो कार्यक्षेत्रमा हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । तालिम शुक्रबार र शनिवार आयोजना गरिएको हो ।


प्रतिक्रिया



थप समाचारहरु