अनलाइनमार्फत यौन व्यवसाय गराउने एक काभ्रेलीसहित दुईजना पक्राउ


मेचीकाली

काठमाडौं– अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले एकजना काभ्रेलीसहित दुईजनालाई पक्राउ गरेको छ । यो प्रकरणमा आज थप दुई जनालाई प्रहरीले पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई आज पक्राउ गरेको जनाएको छ । यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु