अपडेट : रोशीमा फोर्स र सुमो जुध्दा पाँचजनाको निधन (मृतकको नामसहित)


मेचीकाली

धुलिखेल– काभ्रेको रोशी गाउँपालिका ११ मा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । काठमाडौँ बाट भारततर्फ तीर्थयात्री लिएर जादै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक UP58T8181 नंवरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको ना १ ज ४२१० नंवरको टाटसुमो एक आपसमा जुधेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व