सिन्धुलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु, बसमा आगजनी


मेचीकाली

सिन्धुली–वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका- २ का २० वर्षीय सुशन राई र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । दुर्घटनापछि स्थानीयबासीले बसमा आगजनी गरेका छन् । अहिले विपी राजमार्गको यातायातसमेत अवरुद्ध भएको छ ।  


प्रतिक्रिया



थप समाचारहरु