पाँचखाल–काभ्रेको पाँचखाल ८ स्थित ५० किलोमा अवरुद्ध अरनिको राजमार्ग एकतर्फ सूचारु भएको छ । झण्डै १४ घण्टापछि राजमार्ग एकतर्फी खुलेको हो ।
सडक माथिबाट खसेको पहिरोका कारण गएराती ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । बिहानदेखि दुईवटा स्काभेटर लगाएर पहिरो पन्छाइएको छ । अहिले पालैपालो एकतर्फ सवारी पास गराइरहेको प्रहरीले जनाएको छ ।
पहिरो तत्कालका लागि पन्छाइए पनि जोखिम भने कायमै देखिएको छ ।