बाढीको चपेटामा विपी राजमार्ग, कति भयो क्षति ?


मेचीकाली

काभ्रे–अघिल्लो वर्ष असोजमा आएको बाढीले क्षतविक्षत बनाएको विपी राजमार्ग यसपटकको बाढीले झनै क्षतिग्रस्त बनाएको छ   बिपी राजमार्गमा करिव साढे तीन किलोमिटर डाइभर्सन सडकमा क्षति पुगेको छ । 

सडक डिभिजन भक्तपुरले रोसी खोलामा आएको बाढी र पहिरोका कारण बिपी राजमार्गका विभिन्न स्थानमा गरि ३.४१० किलोमीटर डाइभर्सन सडक बगाएको जनाएको छ । सडक डिभिजन भक्तपुरका सुचना अधिकारी ईन्जिनियर बिन्दु अधिकारीले शनिवार र आइतबार रोसी खोलामा आएको बाढी र विभिन्न स्थानमा आएको पहिरोबाट बिपी राजमार्गको धुलिखेलदेखि बर्खेखोलासम्म विभिन्न १७ स्थानमा सडकमा पुर्न रुपमा क्षति पुगेको बताउनुभयो । उहाँले राजमार्गको बाढीबाट माम्ती खोलामा चार सय मिटर, माम्तीमा २३० मिटर, माख्लो पिप्लेमा २२० मिटर, तल्लो पिप्लेमा २३५ मिटर, डालाबेशीमा चार सय मिटर, कालढुङ्गास्थित भ्याकुरे खोलामा १७५ मिटर, बोक्सीकुनामा दुई सय मिटर सडक पूर्ण रुपमा बगाएको बताउनुभयो । यस्तै राजमार्ग अन्र्तगत चिउरीबासमा १७५ मिटर, नार्केमा १५० मिटर, गिम्दीबेशीमा दुई सय मिटर, चारसयबेशीमा २५० मिटर, कटुञ्जेबेशीमा १५० मिटर, चौकीडाँडामा ३५० मिटर बाढीबाट सडक पूर्ण रुपमा क्षति भएको ई. अधिकारीले बताउनुभयो । 

उहाँले राजमार्गको पिप्लेमा आएको सुख्खा पहिरोबाट करिब ३५० मिटर सडकमा क्षति पुगेको बताउनुभयो । सूचना अधिकारी ई. अधिकारीले शुक्रबार रातीदेखि परेको अविरल वर्षाको कारण विपी राजमार्गमा करिब ३.४१० किलोमिटर सडकमा क्षति भएपनि विस्तृत विवरण भने आउन बाँकी रहेको बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु