बाल दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री


मेचीकाली

धुलिखेल-"बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार"भन्ने मुल नाराका साथ नेपाल बाल संगठन जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले राष्ट्रिय बाल दिवसको अवसरमा श्री बाल मन्दिर आधारभूत  विद्यालय धुलिखेलमामा अध्ययनरत ११० जना  विद्यार्थीको लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

११० विद्यार्थीलाई आधा आधा दर्जन  कापी २-२ वटा सिसाकलम, बिद्यालयको बालक्लबलाई  २ वटा भकुन्डो, ४ थान डोरी लगायतका सामाग्री वितरण गरिएको थियो । जिल्ला समन्वय समितीका प्रमुख  दिपक कुमार गौतमको प्रमुखआतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष प्रकाश रोक्का  नेपाल बाल संगठन काभ्रेका सदस्य गोबिन्द उप्रेती एबम बालक्लब पुर्ब सदस्य सुजन सापकोटा, निशान सापकोटा विद्यार्थी नेता दिपक बडाल विद्यालयका प्रअ तोयनाथ उप्रेती अभिभावक एबम विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संगठनका सचीव सन्जिप न्यौपानेले गरेका थिए । 

कार्यक्रममा समन्वय प्रमुख गौतमले वर्तमान संगै  भविष्य निर्माणको लागि बालबालिका माथीको लगानी बढाउनु आजको मुख्य आवस्यकता भएको र  समन्वय समिति बालबालिका माथिको लगानी बढाउदै बालमैत्री जिल्ला निर्माणमा समन्वयकारी भुमिका खेल्न अग्रसर हुने बताए । 

जिल्लामा विभिन्न स्थानीय तह एबम बिद्यालयहरुले कार्यक्रमहरु गरि राष्ट्रिय बाल दिवस मनाएका छन्   । 

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व