अपांग बाल अस्पतालको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४० जना घाइते


मेचीकाली

बनेपा– काभ्रेको बनेपामा अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४० घाइते भएका छन् । बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र नजिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । 

बा १ क ५७४७ नम्बरको बस दुर्घना भएको हो । दुर्घनामा परि अन्दाजी ४०/४५ वर्षिय लेख कुमारी बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए । बस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताएका छन् । 

घाइतेहरुको अपांग बाल अस्पताल बनेपा, भोमी अस्पताल, शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

तस्वीर : देवराज केसी


प्रतिक्रिया



थप समाचारहरु

 

एउटा उदाहरणीय विवाह !