काभ्रे-बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा न. २ स्थित सेल्फीडाँडामा भएको बस दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ८ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक ४ पुरुष र ४ महिला छन् । मृतकहरुमा रोशी ७ कि ३४ वर्षीया फूलमाया तामाङ, रोशी ६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी ८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन् । भण्डारी नेपाली सेनाका अमल्दार हुन् । अन्य चारजना मृतकको पहिचान खुलेको छैन ।
बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरूको विवरण :
-अनिशा तामाङ (२२) – रोशी
हात र खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
-सुरेश बहादुर बादी (२५) – बर्दिया
दाहिने निधार र दाहिने खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
-बिष्णु डोल्मा तामाङ (२०) – रोशी
निधार, नाक र पेटमा चोट, अवस्था मध्यम गम्भीर।
-डम्बर बहादुर शाह (६०) – रोशी
टाउको, दाहिने हात र दाहिने खुट्टामा गम्भीर चोट।
-चन्द्र तामाङ (३०) – रोशी
निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
-कृष्ण बहादुर तामाङ (४३) – रोशी
टाउको, आँखाको वरिपरि र दाहिने कम्मर भागमा चोट, अवस्था मध्यम गम्भीर।
-रमिता वाइबा (१८) – रोशी
अनुहार र खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
-मनाब तामाङ (४०) – रोशी
अनुहार र ढाडमा चोट, अवस्था मध्यम गम्भीर।
-धन बहादुर तामाङ – रोशी
टाउको र अनुहारमा चोट, अवस्था मध्यम गम्भीर।
-घोया सिंह तामाङ (३४) – बनेपा
दाहिने खुट्टा भाँचिएको तथा दाहिने हातमा चोट, चालक, अवस्था मध्यम गम्भीर।
-बिष्णु माया लामा (६२) – रोशी
टाउकोमा चोट, अवस्था मध्यम गम्भीर।
-मनुराज तामाङ (४३) – तेमाल
टाउको, घाँटी र छातीमा चोट, अवस्था मध्यम गम्भीर।
-परिचय नखुलेको बालक (अन्दाजी ५÷६ वर्ष)
टाउको, अनुहार र देब्रे खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
-परिचय नखुलेको बालिका (अन्दाजी १ वर्ष)
टाउकोमा चोट, अवस्था गम्भीर।
-परिचय नखुलेको पुरुष (अन्दाजी ६०–६५ वर्ष)