सुनकोशी नदीमा पौडी खेल्ने क्रममा दुई बालक वेपत्ता


मेचीकाली

धुलिखेल– काभ्रेको सुनकोशी नदीमा पौडी खेल्ने क्रममा दुई बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार जिल्लाको तेमाल गाउँपालिका–२ लामबगरस्थित सुनकोशी नदीमा पौडि खेल्ने क्रममा सोही स्थानका ११ वर्षीय समीर माझी र ८ वर्षीय कान्छो माझी वेपत्ता भएक हुन् । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर वेपत्ता भएका दुवैको खोजीकार्य जारी रहेको र हालसम्म उनीहरुको अवस्थाको बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले नदीमा वेपत्ता भएका बालकहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व