काभ्रेमा करेन्ट लागेर तीन वर्षमा आठजनाको ज्यान गयो, यो वर्षमात्रै चारजनाले ज्यान गुमाए


मेचीकाली

काभ्रे-काभ्रेमा पछिल्लो तीन वर्षको अवधीमा करेन्ट लागेर आठ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै चार जनाले करेन्ट लागेका कारण ज्यान गुमाएका छन् । 

पछिल्लो पटक यही जेठ ३ गते शनिबार काभ्रेको धुलिखेलमा विद्युत लाइन जोड्ने क्रममा पोलमा नै करेन्ट लागेर सर्लाहीको इश्वरपुर नगरपालिका १२ घारीबथानका २६ वर्षीय उज्वल भनिने उपेश परियारको ज्यान गएको छ । यसअघि कालिकोट सन्नी त्रिवेणी गा.पा.वडा नं.५ बस्ने घर भई हाल जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.६ को भरमकोट स्थित सबिता अर्यालको  जग्गामा घर टहरा बनाई जग्गा रेखदेख गरी बस्ने बर्ष २२ की सरस्वती तिरुवाको २०८१ माघ २७ गते ज्यान गएको थियो । उनले घरमा पानी तताउने क्रममा एक्कासी करेन्ट प्रवाह भएका कारण ज्यान गुमाएकी थिइन् । यस्तै माघ १० गते नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट न.पा.वडा नं.१६ घर भई हाल जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.११ को बाँसकोट स्थित फर्मग्रो प्रा.लि.बंगुर फार्ममा काम गर्ने बर्ष २६ को अरुण परियारको करेन्ट लागेर ज्यान गएको थियो । उनलाई बंगुर फर्ममा काम गर्ने क्रममा करेन्ट लागेको थियो । 

यस्तै २०८१ भदौ १६ गते सप्तरी कृष्णसरोबर गा.पा. वडा न. ०१ घर भई हाल का.प.जि. पनौती न.पा. वडा न. ०५ का सविन चौधरीले करेन्ट लागेर ज्यान गुमाएका थिए । पनौती न.पा. वडा न. ०६ ठाडोबाटो स्थितमा रहेको नेपाल प्रहरी ऐकेडेमिको निर्माणधिन भवनमा काम गर्ने चौधरीलाई ढलान गर्ने क्रममा करेण्ट लागि घाईते भई उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु

 

केयुबाट ११२९ जना दीक्षित हुँदै