काभ्रेका करिब २४ हजार बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइँदै


मेचीकाली

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाका करिब २४ हजार बालबालिकालाई दादुरा, रुवेला बिरुद्धको खोप लगाइने भएको छ ।  सरकारले सञ्चालन गरेको दादुरा, रुवेला विरुद्धको राष्ट्रिय खोप अभियान अन्र्तगत फागुन १३ गते आइतबारदेखि मङ्गलबारसम्म खोप लगाइँदैछ । पहिलो चरणमा फागुन १३ गतेदेखि ११ वटा स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । यस्तै महाभारत र खानीखोला गाउँपालिकामा फागुन २३ गतेदेखि अअभियान सञ्चालन हुनेछ । 

अभियानको क्रममा जिल्लाका १३ स्थानीय तहका २३ हजार ९५८ बालबालिकालाई खोप लगाइनेछ ।  सरकारले नौ महिनादेखि पाँच वषर््ामुनिका बालबालिकालाई दादुरा, रुवेला खोप लगाउने राष्ट्रिय अभियान नै सञ्चालन गरेको छ । खोप अभियान अन्र्तगत जिल्लामा ३९३ वटा खोप केन्द्रमा ३९३ जना खोप कार्यकर्ताले बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाउनेछन् । 

एक खोप केन्द्रमा दुई जना स्वयम्सेवकका दरले जिल्ला भरका ३९३ खोप केन्द्रमा ७८६ खोप स्वयम्सेवक खटिनेछन् । अभियान अन्र्तगत जिल्लाको मण्डनदेउपुर नगरपालिकाका एक हजार ९८९ जना, धुलिखेल नगरपालिकाभित्र रहेका दुई हजार १०७ जना, बनेपा नगरपालिकाका तीन हजार ७१५ जना, पाँचखाल नगरपालिकाका दुई हजार २१३ जना, पनौती नगरपालिकाका तीन हजार ४१ जना, नमोबुद्ध नगरपालिकाका एक हजार ७३४ जना नौ महिनादेखि पाँच वषमुनिका बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसैगरी जिल्लाको चौरीदेउराली गाउँपालिकाका ९६१ जना, भुम्लु गाउँपालिकाका एक हजार ५४ जना, तेमाल गाउँपालिकाका एक हजार ३९ जना, रोशी गाउँपालिकाका एक हजार ८७८ जना, महाभारत गाउँपालिकाका एक हजार ७९३ जना, खानीखोला गाउँपालिकाका एक हजार ३५२ जना र बेथानचोक गाउँपालिकाका एक हजार ८४ बालबालिकालाई राष्ट्रिय अभियान अन्र्तगत दादुरा, रुबेलाको खोप लगाइने भएको हो । 


प्रतिक्रिया



थप समाचारहरु